१८ बैशाख, काठमाडौं । अस्पतालबाट गायव भएको भनिएका नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफू घरमा आराम गरिरहेको बताएका छन् ।

हिजो अस्पतालमा नभेटिएपछि सिलवाल हराएको हल्ला चलेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सिलवाल भागेको चर्चा चलेको थियो ।

सिलवालले ट्वीट गर्दै लेखेका छन्, अस्पतालबाट घर फर्किएर स्वास्थ्य लाभ गरिरहेको छु । शुभेक्षाका लागि सबैलाई धन्यवाद । न्याय, लोकतन्त्र र समानताको मिसनमा मेरो समर्पण रहिरहनेछ ।

तत्कालिन डिआईजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोगमा छानवीनका लागि पक्राउ परेका सिलवाल अदालतको आदेशपछि रिहा भएका थिए । उनी रिहा भएलगत्तै बीएण्डबी अस्पतालमा उपचार गराइरहेका थिए ।