८ असोज, एजेन्सी।
वेष्ट इण्डिज बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।pakistan vs west indies 19136649

जीतसँगै पाकिस्तानले ३ म्याचको सिरिजमा एक शुन्यको अग्रता कायम गरेको छ ।

वेष्टइण्डिजको १ सय १६ रनको सामान्य लक्ष्य पाकिस्तानले ३४ वल बाँकी हुँदै एक विकेट गुमाएर पुरा गरेको हो ।

पाकिस्तानको जीतमा नटआउट रहँदै बाबर अजामले ५५ र खालिद लतिफले ३४ रनको योगदान दिए । सरजित खान भने २२ रनमा आउट भए । यसअघि ईमाद वासिमले ५ विकेट लिएपछि निर्धारित ओभर सकिन एक वल बाँकी हुँदा वेष्टइण्डिज १ सय १५ रनमा अलआउट भएको थियो ।

ड्वेन ब्राभोले ५५ र जेरोमी टेलरले २१ रन बनाउनु बाहेक अन्य क्यारेबियन ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

दुबईमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको वेष्टईण्डिजले ४८ रन जोड्न आफ्नो ८ विकेट गुमाएको थियो । ब्राभो र टेलरले नवौं विकेटका लागि ६६ रनको साझेदारी गरेपछि वेष्टईण्डिजले १ सय १५ रन मात्रै बनायो ।

आफ्नो स्पेलमा पाकिस्तानका वासिमले मात्र १४ रन खर्चेर ५ विकेट लिए । यस्तै सोएल तन्विरले २ तथा मोहमद नवाज र हसन अलीले एक एक विकेट लिए ।