संसारमा अनेक किसिमका मानिसहरू हुन्छन् र हरेकको आ-आफ्नै रोजाइँ हुन्छ। सङ्गीतको क्षेत्रमा हेर्ने हो भने पनि अनेक थरीका सङ्गीतहरू सुन्नमा पाइन्छ र ती हरेक मानिसहरूलाई कसैलाई कुन किसिमको सङ्गीत मन पर्छ भने कसैलाई कुन किसिमको। आफ्नो मन पर्ने सङ्गीत सुन्न पाउँदा हामीलाई आनन्द लाग्छ र सबै कुरा भुलेर सङ्गीतसँगै झुम्न मन लाग्छ। तर के तपाईँले याद गर्नुभएको छ, तपाईँलाई रिस उठिरहेको छ भने आफूलाई मन पर्ने सङ्गीत पनि सुन्न मन लाग्दैन।

हालै अस्ट्रेलियामा भएको अनुसन्धानका अनुसार, मानिसलाई‌ रिस उठेको बेला र दिमागमा नकारात्मक सोच आइरहेको बेला ‘हेभी मेटल’ सङ्गीतहरू सुन्यो भने उक्त नकारात्मक सोच हटाउन मद्दत पुग्दछ र दिमाग शान्त, खुसी र उत्प्रेरित हुने गर्दछ।

heavy metal

अस्ट्रेलियाको युनिभर्सिटि अफ क्वीन्सल्याण्डको अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धान अनुसार जब स्वयंसेवकहरूलाई ‘हेभी मेटल’, ‘इमो’, ‘हार्डकोर’, ‘पङ्क’ शैलीका सङ्गीतहरू सुनाउँदा उनीहरूले शान्त, खुसी, उत्प्रेरित र सकारात्मक भावनाहरू महशुस गरेको बताएका छन्। उक्त स्वयंसेवकहरूले पहिल्यै देखि नै त्यस्तो किसिमको सङ्गीत सुन्ने गरेका रहेछन्। र वैज्ञानिकहरू के पनि भन्छन् भन्दा यसले सबैजनालाई उस्तै सकारात्मक भावनाको महशुस नगराउन पनि सक्छ, किनभने कसै-कसैको दिमागमा यस्ता सङ्गीत सहने किसिमको शक्ति हुँदैन।

[quote_box_left]

“मानिसहरूमा नकारात्मक भावनाबाट रिस, क्रोध र चिन्ता हुनुको सट्टा उनीहरूमा सकारात्मक भावना र खुसीको अनुभव भएको अनुसन्धानकर्ताहरूले फेला पारेका थिए।”

[/quote_box_left]

‘लेआ सर्मन’ र ‘जेनेभिभ डिङ्गल’ ले १८ वर्ष देखि ३४ वर्षसम्मका ३९ जना नियमित मेटल सङ्गीत सुन्ने स्वयंसेवकहरूलाई १६ मिनेटसम्म गीत सुन्दै आफ्नो पुरानो नराम्रो अनुभवहरूलाई याद गर्न लगाएका थिए। त्यसपछि उनीहरूलाई छुट्टै ठाउँमा राखेर दिमागी हालत बुझ्ने कोसिस गरिएको थियो। यस प्रक्रियाले मानिसहरूमा नकारात्मक भावनाबाट रिस, क्रोध र चिन्ता हुनुको सट्टा उनीहरूमा सकारात्मक भावना र खुसीको अनुभव भएको अनुसन्धानकर्ताहरूले फेला पारेका थिए।

“यो नतिजाले के जनाउँछ भन्दा रिसालु स्वभावका व्यक्तिहरूमा भएको नकारात्मक भावनाहरूसँग मेटल सङ्गीतले मनोवैज्ञानिक तवरले मेल गर्दछ र उक्त व्यक्तिमा सकारात्मक सोचको सिर्जना गराउँदछ। यसरी हेभी सङ्गीत सुन्नु रिससँग सामना गर्ने एक भरपर्दो उपाय हुन पनि सक्छ।”- अस्ट्रेलियाको पत्रिकामा अनुसन्धानकर्ताहरूले यसरी लेखेका छन्।

“हामीहरूले अझसम्म हेभी सङ्गीतको बारेमा उल्टो सोचिरहेका रहेछौँ, जो-कोही पनि जसले मेटल सङ्गीत सुन्छन्, उनीहरूलाई समाजले नराम्रो ठहर्याउँछन्, त्यसैको कारणले नै हामीले यसको बारेमा अनुसन्धान गरेका हौँ। यसको कारणले धेरै मानिसहरूलाई सहयोग पनि गर्ने हाम्रो मान्यता छ।”- सर्मनले भने।