जन्मिएपछि मर्नैपर्छ। मृत्यु अजेय छ। तपाई हामी सबैको एक दिन मर्ने पक्का छ। तर के मृत्यको समय पहिलै पत्ता लगाउन सकिन्छ ? तर केही वैज्ञानिकहरु भने मृत्युको भविष्यवाणी गर्न सकिने निचोडमा पुगेका छन्।

अमेरिकामा केही वैज्ञानिकले झिंगामाथि गरेको अनुसन्धान र अध्ययनको आधारमा झिंगाहरुको मृत्युको समय बताए।death 26293216 (1)

वैज्ञानिकहरुका अनुसार कुनै पनि जीवको जिन्दगीमा यस्तो समय आउँछ जसलाई मृत्युको समय भन्न सकिन्छ। अंग्रेजीमा यसलाई ‘डेथ स्पाइरल’ नाम दिइएको छ।

आज भन्दा २५ वर्ष अगाडीसम्म मानिन्थ्यो कि जीन्दगीको दुइ मुख्य चरण हुन्छन्।

पहिलो, बालककाल, जसमा द्रुत गतिमा शरीरको विकास हुन्छ। र दोस्रो हो, प्रौढ वा वयस्क, जसमा तमाम जीव बच्चा पैदा गर्छन्।

यी दुवै चरणमा प्राकृतिक तवरले मृत्युको आशंका कम रहन्छ।

यस पश्चात जब-जब समय बित्दै जान्छ हाम्रो शरिर कमजोर हुन्छ। हामी द्रुत गतिमा मृत्यु तर्फ अगाडी बढ्छौं।

बुढो हुदै गर्दा यो गति अझै तेज हुँदै जान्छ। नब्बेको दशकमा वैज्ञानिकले भने कि जिन्दगीमा एक चरण ‘लेट लाइफ’ पनि आउँछ। जसमा मान्छेको मृत्युको आशंका बढ्ने गर्छ।

अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीका दुई वैज्ञानिक लरेस म्यूलर र माइकल रोजले झिंगामा गरेको परिक्षण पश्चात भनेका छन् कि यो ‘लेट लाइफ’ वाला चरणमा पुगेका मानिसको मृत्युको दिन बताउन सकिन्छ।

उनीहरुले २८०० भन्दा बढी आमा झिंगालाई दुइ पुरुष झिंगासंग एक दिन एउटा जारमा राखे। अर्को दिन ती झिंगालाई फरक पुरुष झिंगासंग फरक जारमा राखिन्थ्यो। दैनिक झिंगाले पारेको अण्डाको रेकर्ड राखियो। अण्डाको गणना तब सम्म गरियो जब सम्म ती झिंगा मर्थेनन्।

झिंगाको औसत उमेर केही हप्ताको मात्र हुन्छ। दैनिक झिंगालाई फरक जारमा बदलिरहनु र अन्डाको गणना गर्नेु मुस्किल काम थियो। यो झन्झटिलो परिक्षण पश्चात एक कुरा पत्ता लाग्यो। मृत्युको केही दिन पहिले आमा झिंगा अन्डा दिन बन्द गरिदिन्छे। अर्थात बच्चा पैदा गर्ने क्षमतामा कमी आउँछ।

यदि यस्तो हुन्छ त यसले यो कुरालाई संकेत गर्छ कि मृत्यु नजिक छ।

कुनै पनि झिंगा चाहे त्यसको उमेर ६० दिन नै किन नहोस्, वा १५ दिनकै होस्, यदि सो झिंगा अन्डा दिन बन्द गर्छ भने यसले संकेत गर्छ कि सो झिंगाको प्राकृतिक मृत्यु नजिक छ।

अन्डा दिन बन्द गरेपछि मृत्यु नभएसम्मको समयलाई वैज्ञानिकले ‘डेथ स्पाइरल’ चरणको नाम दिएका हुन।

पछि यहि पुरुष झिंगामा पनि देखियो। यीनको पनि बच्चा पैदा गर्ने क्षमतामा पहिले भन्दा भारी गिरावट देखियो।

झिंगाले अन्डा दिने गति र पुरुष झिंगाको सेक्स गर्ने क्षमतामा आएको गिरावट मुल्यांकन गरेर तिनको मृत्युको दिन बताउन सकिन्छ। जब वैज्ञानिकले यस्तो निश्कर्ष निकालेर परिक्षण गरे तब अन्य परिक्षणको ८० प्रतिशत मामलामा वैज्ञानिकको अन्दाज सहि निस्कियो।

यस्तो परिक्षण गर्ने वैज्ञानिकमा म्यूलर र रोज सहित कयौं अन्य पनि छन्।

यस्तै एक वैज्ञानिक हुन अमेरिकाको मिनेसोटा युनिभर्सिटीका जेम्स कर्टसिंगर। उनले झिंगामा गरेको परिक्षणले पनि अन्डा दिने गतिसंग मृत्युको सिधा सम्बन्ध भएको बतायो। यदि कुनै जवान झिंगा अन्डा दिन बन्द गर्छे भने उसको मृत्यु पनि कम उमेर मै हुन्छ।

तापनि कर्टसिंगर यो मान्दैनन् कि झिंगामा भएको यस्तो परिक्षणले मान्छेको मृत्युको भविष्णवाणी गर्न सकिन्छ।

मृत्यु भन्दा पहिले जिन्दगीको आखिरी समयलाई उनी ‘डेथ स्पाइरल’ को सट्टा ‘रिटायरमेन्ट’ को नामले अर्थ्याउन चाहन्छन्।

उनी भन्छन, झिंगाको उमेरमा रिटायरमेन्टको चरणलाई सहजै पहिचान गर्न सकिन्छ।

तथापी मृत्यु र बच्चा पैदा गर्ने क्षमता बिच त्यस्तो के सम्बन्ध छ र किन छ? यो प्रश्नको जवाफ वैज्ञानिकसंग छैन।

अमेरिकाको क्यालिफोर्निया यूनिभर्सिटीका वैज्ञानिक जेम्स कैरेसंग भने यो प्रश्नको जवाफ हुनसक्छ।

उनी भन्छन्, बच्चा पैदा गरेपश्चात कयौं तरिकाले जिम्मेवारीको बोझ बढ्छ। यसबाट आमाको स्वास्थ्य कमजोर हुन्छ। जस्तो कि आमा बने पश्चात महिलामा दाँतको समस्या देखिने सक्छ, थुप्रै बच्चा भएको खण्डमा यसले रोगको रुप धारण गर्छ।

एक दशक पहिले जेम्स र उनका साथीहरुले एक परिक्षण गरे। उनीहरुले बुढी भइसकेका मुसीहरुमा अपरेशन गरे। पुरानो भइसकेको गर्भाशय हटाएर, जवान मुसीको गर्भाशय ट्रान्सप्लान्ट गरिदिए। यसले बुढी भइसकेका ती मुसीहरुको स्वास्थ्य सुध्रियो। तीनका उमेर पनि बढ्न पुग्यो।

कर्टसिंगर नमाने पनि म्यूलर र उनका साथी विश्वास गर्छन् कि, मान्छे पनि अन्य जीव झै डेथ स्पाइरल चरणबाट गुज्रने गर्छन्।

सो चरणमा रहेका मानिसको मृत्युको दिन अन्दाज लगाउन कोशिस गर्न सकिन्छ। किनकी बुढ्यौलीमा तपाईलाई कयौं तरिकाको कमजोरी हुने गर्छ। स्मरणशक्ति कमजोर हुन्छ। मुश्किलको सामना गर्ने शक्ति कम हुन्छ।

डेनमार्कमा भएको एक अर्को खोजबाट यो कुरा स्पष्ट भएको थियो कि मृत्यु भन्दा अघि मानिस दिमागी तवरमा पनि कमजोर हुने गर्छ।

म्यूलर विश्वास गर्छन् कि झिंगामा गरिएको यो परिक्षणको आधारमा यदि मानिसको मृत्युको दिन थाह पाइएमा डेथ स्पाइरलको चरणलाई कम गर्न सकिन्छ।

मृत्यु त तय छ, तर मृत्यु भन्दा अघिको पिडा र कठिनाइ कम गर्न सकिए मर्नु त्यस्तो कठिन नरहने यी वैज्ञानिक विश्वास गर्छन्।

बीबीसीको सहयोगमा।