१४ फागुन, ललितपुर।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकार असफल भएको बताएका छन् ।

फाइल तस्बिर

बर्षेनी लाखौ युवाहरु रोजगारीका लागी विदेश जान बाध्य भएपनि यसमा देखिएको विकृती समाधानका लागी सरकार असफल भएको बताएका हुन ।

नयाँ शक्ति नेपालको प्रवास प्रादेशिक समितिले शनिबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सके दक्ष युवाहरु नेपालमा नै परिचालित हुने र मुलुकको विकास पनि हुने धारणा राखे ।

भट्टराईले मुलुक सघीयता स्वरुपमा गईसकेको भन्दै स्थानीय तहमा नै रोजगारीको सिर्जना हुने सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा वैदेशिक रोजगार पीडीतहरुले विदेशमा समस्या परेका वेला राज्यले कुनै वास्ता नगरेको गुनासो गरेका थिए।