३१ भदौ, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीले कम्युनिष्ट विचारधारा त्यागेको आरोप लगाएका छन् ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले प्रचण्ड कम्युनिष्ट नरहेको टिप्पणी गरे । माओवादी केन्द्रले वैद्य नेतृत्वको माओवादीसँग एकताको चर्चा चलाईरहेका बेला वैद्यले माओवादी केन्द्रलाई कांग्रेससँग एकता गर्न सुझाव दिए ।

उनले पार्टी एकताको भ्रम नछर्न आग्रहसमेत गरे। नेता किरणले नेपालमा पुनः क्रान्ति गर्न आवश्यक रहेको बताउँदै विप्लव नेतृत्वको नेकपासँग सहकार्यका लागि छलफल चलिरहेको बताए ।