९ माघ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यही वैशाखभित्र नै स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् ।

फाइल तस्बिर

प्रमुख तीन दलबीच वैशाख महिनाभित्र नै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको स्मरण गर्दै प्रचण्डले वैशाखभित्रै चुनाव हुने बताएका हुन् ।

आइतवार संसदीय पत्रकारिता पुस्तकको विमोचन गर्दै प्रचण्डले भने,‘सरकारले यही माघ १५ गतेभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ ।’

मधेसी मोर्चालाई मान्य हुनेगरी अर्को संशोधनको तयारी भएको भन्दै उनले मधेसी लगायत असन्तुष्टको माग सम्बोधनका लागि संविधानको संशोधन गरी अघि बढ्न आफूहरु तयार रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले माघ भित्रमा चुनाव नभए भयावह अवस्था देशमा आउने भन्दै गम्भीर हुन सवै दललाई आग्रह  गरे ।

त्यस्तै सभामुख ओनसरी घर्तीले आगामी ७४ माघ भित्र सबै निर्वाचन गर्नुपर्ने भन्दै यसका लागी गम्भीर हुन दलहरुलाई आग्रह गरिन।

कार्यक्रममा अन्य दलका नेताहरुले तोकिएको समयमा नै निर्वाचन गर्नुको विकल्प नभएको भन्दै यसतर्फ अघि बढ्नुपर्ने बताएका थिए ।

यो पढ्नुस्।
जबरजस्ती गर्न खोजे अप्रिय घटना हुनसक्छः ओली
फिल्म प्रमोसन गर्ने बलिउड बादशाहको नयाँ तरिका