८ माघ,काठमाडौं ।
प्रमुख तीन दल कांग्रेस एमाले र माओवादीबीच आगामी वैशाखभित्र नै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्ने र आगामी मंसिरभित्र तीन वटै निकायको निर्वाचन गर्ने सहमति भएको हो ।

संविधान संशोधन विधेयकमा विवादित बनेका प्रमुख तीन दलबीच निर्वाचन गर्ने सहमति भएको छ । अबको चार दिनभित्र संसदमा पेश भएको निर्वाचन सम्बन्धि विधेयक पास गर्ने र माघ १५ गतेभित्र नै स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार बसेको तीन दलको बैठकमा संविधान संशोधन विधयेकको बारेमा भने सत्ता पक्ष कांग्रेस माओवादी र प्रतिपक्ष दल एमालेले आ–आफ्नै अडान दोहो-याएका छन् ।