२७ साउन, एजेन्सी।

बलिउड नायिका अनुष्का शर्माले विराट कोहलीले आफ्नो व्यक्तिगत जीवनको चर्चा गर्न नखोज्ने बताएकी छिन्। आफ्नो सम्बन्धको बारेमा निकै कम बोल्ने विराटको यस्तो बानीबारे अनुष्काले खुलासा गरेकी हुन्। साथै विराटसंगको सम्बन्धको प्रश्नमा भने उनी उपस्थित पत्रकारहरुसंग झन्किइन।
ansuhka 2155819
आफुले फिल्ममा बेस्ट पर्फर्मेन्स गर्दा गर्दैपनि समाचारको हेडलाइन किन व्यक्तिगत जीवनकै कुरालाई लिएर बनाइन्छ, अनुष्काले आफ्नो असन्तुष्टी व्यक्त गरिन।

एउटा केटी अर्को केटासंग डेट जान्छे भने केटा केटीको भेट त अवस्य नै हुन्छ नि, यति सानो कुरालाई किन ठूलो खबर बनाइन्छ? अनुष्काले नै उल्टो प्रश्न गरिन।

हलिउडमा पनि कलाकारलाई अन्तर्वार्तामा व्यक्तिगत प्रश्न सोधिन्छ, तर अन्तर्वार्ताको केवल त्योसानो हिस्सा हुन्छ। म जहाँ जान्छु व्यक्तिगत जीवनको मात्र प्रश्न गरिन्छ। अनि यसैले प्रश्नको जवाफ दिनबाट बच्न खोज्छ। अन्तर्वार्तामा फिल्म र करिअरको बारेमा सोध्नु पर्ने अनुष्काले बताइन।

विराट र अनुष्काको सम्बन्धलाई लिएर मिडियामा निकै चर्चा खबर आउने गर्थे। ब्रेकअप, प्याचअप निरन्तर खबरले अनुष्का वाक्क पनि भएकी हुँदीहुन।