२८ असार, काठमाडौं । दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको शव आज फेला परेको छ ।

सल्यान छत्रेश्वरी गाउँपालिका वडा न ४ खर्सुगैराको जंगलमा घर्तीको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहले जानकारी दिए ।

राजकुमार श्रेष्ठको शव फेला परेको स्थानदेखि झन्डै १ सय ५० मिटर तलको गुफामा घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुटवल बस्त्रालयका व्यापारी राजकुमार श्रेष्ठसँगै घर्ती गत जेष्ठ २६ गते अपहरणमा परेका थिए ।

घर्तीको पनि श्रेष्ठको हत्या गरेकै दिन जेठ २९ मै हत्या भएको प्रहरीले अनुमान गरेको छ । श्रेष्ठ र घर्तीको हत्याको आरोपमा प्रहरीले १० जनालाई त्रियन्त्रणमा लिएको छ ।