कुशल श्रेष्ठ

केहि नखाई भोकभोकै बसी भगवानको पुजा गर्नुलाई मात्रैलाई ‘व्रत बस्नु’ भनिँदैन। व्रत बस्नु भनेको शरीर अनि मस्तिष्कलाई आराम दिनु हो। सँधै गरिरहने नियमित तालिकाबाट मुक्ति पाउनु हो।

अधिकांश हिन्दु धर्मका भक्तजनहरू भगवानको नाम लिएर सोहि भगवानको बारअनुसार व्रत बस्ने गर्छन्। यसको पछाडी व्यक्तिको शारिरीक र मानसिक फाइदा लुकेको छ। Benefits of Fasting Picture

तर, के व्रत बस्नु ठीक हो? त्यसरी खाँदै नखाई दिन काट्नु राम्रो हो? फेरि आफ्नो स्वास्थ्यमा सुधार ल्याउन, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, शरीरमा ऊर्जा ल्याउन अनि अन्य थरीथरीका समस्याबाट राहत पाउन दिनमा नियमति खाइराख्नुपर्छ भनेर पनि स्वास्थ्यविज्ञहरू भन्ने गर्दछन्।

आउनुहोस्, व्रत बस्दा कस्ता-कस्ता फाइदाहरू हुँदा रहेछन्, हेरौँः

शारीरिक स्वास्थ्यमा फाइदाहरूः
  • पाचन प्रक्रियाले आराम गर्ने मौका पाउँछ।
  • शरीरमा रहेका विषाक्त पदार्थहरूलाई सफा गर्ने मौका पाउँदछ।
  • तौल घटाउनमा सहयोग मिल्दछ।
  • शरीरमा इन्सुलिनको संवेदनशीलता बढ्दछ- इन्सुलिनले शरीरमा गुलियोको मात्रालाई नियन्त्रण गराउँदछ जसले मधुमेह हुनबाट बचाउँछ।
  • आयु बढाउँदछः जति धेरै खायो, शरीर बूढो हुने मात्रामा त्यति नै वृद्धि हुने प्रमाण भेटिएको छ।
  • व्रत बसेपछिको भोक पनि मिठो हुन्छ।
  • व्रतले तपाईँको खानेबानीमा सुधार ल्याउँदछ।
  • मस्तिष्कको काम गर्ने क्षमतामा वृद्धि हुन्छ।
  • व्रत बस्दा पनि तपाईँको प्रतिरक्षा प्रणालीमा राहत पुग्दछ।
  • अनुहारको छालालाई सफा बनाई डण्डीफोर र दागधब्बाबाट राहत प्रदान गर्दछ।Fasting doesn't mean eating Fast Foods
मानिसक स्वास्थ्यमा फाइदाहरूः
  • तपाईँको मन, मुटु र मस्तिष्कमा ताजगी महशुस हुन्छ।
  • भावनात्मक हिसाबले तपाईँ आफूलाई स्थिर, स्पष्ट अनि सुखी महशुस गर्नुहुन्छ।
  • डिप्रेसनका बिरामीहरूले व्रत बस्दा आफ्नो चिन्ता, तनाव र पीडालाई कुनै एक लाभदायी क्रियाकलापमा केन्द्रित बनाउन सक्दछन्। जसले दिमागको एकाग्रता बढाउँदछ भने थकान र तनावमा पनि कमि आउँदछ। साथै निन्द्राको गुणस्तरमा पनि सुधार आउँदछ।
  • व्रत बस्नुभयो भने आफूलाई सामान्यभन्दा बढि जाँगरिलो महशुस गर्नुहुन्छ।
तर ध्यान पुर्याउनुहोस्ः
  • लगातार धेरै समयसम्म व्रत बस्नु पनि हानिकारक हुन्छ।
  • यदि तपाईँको रक्तचाप अत्याधिक कम छ र शरीर पनि कमजोर छ भने व्रत नबस्दै उचित हुन्छ।
यो पनि हेर्नुहोस्-
व्रत र यौनको सम्बन्ध
रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?
जिब्रोको रङ्ग हेरेर शारीरिक स्वास्थ्यको बारेमा कसरी थाहा पाउने?
‘मनमा आउँछ तर मुखमा आउँदैन’ यस्तो किन हुन्छ? विज्ञानले के भन्छ?
उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा
जिका भाइरसको बारेमा केहि प्रश्न, जसको उत्तर तपाईँले अझसम्म पाउनुभएको छैन