२१ असार, काठमाडौं । रोयल नेपाल गल्फ क्लबको आयोजनामा खुला गल्फ च्याम्पियनसिप–२०१७ यही शनिबार हुने भएको छ ।

असार २४ गते हुने एकदिने च्याम्पियनसिपमा १०० भन्दाबढी एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले  आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पुरुष, महिला, सिनियर, जुनियरलगायतका विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेतालाई ट्रफिका साथै गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । उक्त प्रतियोगिताको खेल आयोजक क्लबको आफ्नै मैदानमा हुनेछ ।