८ भदौ, काठमाडौ । राष्ट्रिय मधेस समाजवादी पार्टीकी उपाध्यक्ष अमृता अग्रहरी राजेन्द्र महतो नेतृत्व सद्भावाना पार्टीमा प्रवेश गरेकी छिन् ।

जनकपुरमा आज आयोजित एक कार्यक्रममा नेतृ अग्रहरी सद्भावना प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष महतोले पार्टी प्रवेश गराएका थिए । अध्यक्ष महतोले अग्रहरी लगायत अन्य दर्जनौलाई समेत पार्टीको सदस्यता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष अग्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टी मधेस मुद्धा तथा सबालहरूमा उदासिन रहेकोले आफूले पार्टी परित्याग गर्ने निर्णय गरेको बताइन् । उनले पार्टी अध्यक्ष शरदसिंह भण्डारीले पार्टीलाई महोत्तरी जिल्लामा केन्द्रीत गराएकाले पार्टीले कुनै उचाई लिन नसक्ने भएकाले पनि आफूले पार्टीमा रहनुभन्दा छोड्नु नै उपयुक्त देखेको उनको भनाई थियो ।