१२ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट शरद भेषावकर यसै साता विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेत्री निशा अधिकारीसँग उनले यहि असार १६ गते विवाह गर्न लागेका हुन् ।

विचमा ब्रेकअप हुँदै जोडिँदै आएको प्रेमलाई अन्ततः विवाहमा परिणत गर्न दुबै सहमत भएका हुन् । केही वर्षयता शरद र निशाबीच प्रेम सम्बन्ध भएको चर्चा चलेको थियो । उनीहरु फिल्मी कार्यक्रम र क्रिकेट ग्राउन्डमा सँगै देखिने गरेका थिए ।

उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुलाई बिहेको निमन्त्रणा कार्ड पनि बाँडिसकेका छन् ।