ज्योतिषमा अंग फरफराउनुलाई शुभ‍-अशुभसंग जोडिनेगर्छ। कुनै अंग फरफराउनु शुभ मानिन्छ भने केही अंगको फरफराहट अशुभ मानिन्छ। शुभ अर्थात भविष्यमा केही राम्रो, शुभ सामाचार प्राप्त हुनेछ। अशुभ अर्थात केही दुखद हुन सक्दछ।

सामान्यतया: दाँया अंग फरफराउनु शुभ मानिन्छ भने बाँया अंग फरफराउनु अशुभ मानिन्छ। स्त्रीको लागि बाँया अंग फरफराउनु शुभ मानिन्छ भने दाँया अंग फरफराउनु अशुभ मानिन्छ।

  • लगातार दाहिने परेला फरफराए शारिरीक कष्ट हुन सक्दछ।
  • मुख फरफराउनु छोराको तर्फबाट शुभ समाचारको सूचक हो।lower lips 72822511
  • ओठको दाहिने कुना फरफराउँदा अचानक धन लाभ हुने योग बन्न सक्छ।
  • यदि ओठको बाँया कुना फरफराएमा कुनै प्रिय वस्तु हराउन सक्दछ्।
  • दाहिने आँखा वा आँखी भौँ फरफराएमा कुनै खास इच्छा पुरा हुनसक्दछ।
    त्यस्तै बाँया आँखा वा आँखी भौँ फरफराएमा शुभ समाचार प्राप्त हुनेछ।
  • टाउको फरफराएमा सुख-सुविधा तथा सफलता मिल्नेछ।
  • यदि दुवै गाला फरफराएमा व्यक्तिलाई धन प्राप्ति हुनेछ।
  • यदि कुनै व्यक्तिको दुवै ओठ एक साथ फरफराउँछ भने उसला‌‌ई भाग्यको साथ धन लाभ हुनेछ।
  • यदि कुनै व्यक्तिको आँखी भौँको बीचमा फरफराउँछ भने उसलाई सुख-सुविधा प्राप्त हुने सम्भावना रहन्छ। यस्तो व्यक्तिले निकट भविष्यमा कुनै ठुलो उपलब्धि हासिल गर्न सक्दछ।
  • घाँटी फरफराउनु शुभ मानिन्छ। यस्ता मानिसको मान-सम्मान वृद्धि हुनेछ। समाजमा प्रसिद्धि बढ्नेछ। र सुख सुविधा प्राप्त हुनेछ।
  • बाँया तर्फको जांघ फरफराउदाँ व्यक्ति अपमानित हुनुपर्ने हुन्छ। भने दाँया जांघ फरफराउदाँ धन लाभ हुनेछ।
  • दाहिने खुट्टाको पैतला फरफराउदाँ कठिनाइको सामना गर्नुपर्नेछ। बाँया खुट्टाको पैतला फरफराउँदा यात्राको अवसर प्राप्त हुनेछ।
  • यदि दाहिने पिडौला फरफराउँछ भने पैसा प्राप्त हुन सक्दछ।

यो पनि पढ्नुस्।

आँखा मुनिको डार्क सर्कल यसरी हटाउने (भिडियो सहित)

आँखा हेरेर कसरी थाह पाउने व्यक्तित्व, आँखाको रंगको अर्थः आँखाको सम्पुर्ण विवरण