महिलाहरूले आफ्नो शरीरमा सुन्दरता ल्याउनको लागि अनेकथरीका उपायहरू अपनाउने गर्छन्, विशेष गरी रौँमुक्त छालाको लागि। महिलाहरूले आफ्नो शरीरका अनावश्यक रौँहरू हटाउनको लागि वाक्सिङ्ग देखि सुगरिङ्ग, थ्रेडिङ्ग अनि अन्य विधिहरू अपनाउने गर्छन्। तर त्यी सबै विधिहरूको आ-आफ्नै स्वास्थ्य जोखिमहरू हुन्छन्।

शरीरका रौँ हटाउने विधिको स्वास्थ्य जोखिमहरूः
१. सेभिङ्ग (Shaving)

shavingछिटो, सस्तो र सजिलो भएकोले गर्दा शरीरका रौँ फाल्नको लागि सेभिङ्ग गर्नु सबैभन्दा सामान्य उपायमा पर्दछ। तर सेभ गर्दा छालामा घाउ हुने तथा छालाभित्रैबाट रौँ पलाउने जस्ता समस्याहरू आउन सक्छन्। नियमित रूपमा ब्लेड फेर्न बिर्सनुभयो भने, ब्लेडमा खिया लाग्दछ र छालामा जलन अनि सङ्क्रमण हुन सक्दछ। सेभिङ्ग गर्नाले ‘फोलिक्युलिटिस’ (Folliculitis) पनि हुन सक्दछ, जसले गर्दा कपालको जरामा ‘स्टेफिलोकोकस’ (Staphylococcus) नामक ब्याक्टेरियाले सङ्क्रमण गराउँदछ।rash due to shaving

त्यसैले सेभिङ्ग गर्दा ब्लेडलाई नियमित रूपमा परिवर्तन गर्नुहोस् र दोश्रो व्यक्तिले प्रयोग गरिसकेको ब्लेडलाई फेरि प्रयोग नगर्नुहोस्।

२. वाक्सिङ्ग (Waxing)

waxingतपाईँको छालामा मैन लगाइन्छ र त्यसमाथि फ्याब्रिकको टेप लगाइन्छ। मैन सुकिसकेपछि उक्त टेपमा कपाल टाँसिन्छ र टेपलाई निकाल्दा त्योसँगै कपाल पनि जरैबाट निस्कन्छ।

शरीरको कुन भागमा वाक्सिङ्ग गरेको हो भन्ने कुराले कत्तिको दुखाइ हुन्छ भन्ने कुरामा प्रभाव पार्दछ। कपाललाई जरैदेखि उखेल्दा अवश्य नै पीडा त हुन्छ त्यसमाथि उक्त मैन हाम्रो छालामा पनि टाँसिएको हुन्छ, त्यसैले टेपलाई निकाल्दा हाम्रो छालाबाट केहि कोषहरूलाई पनि निकाल्दछ। यसले गर्दा छालामा जलन हुने र सुन्निने पनि हुन्छ।rash due to waxing

कसै-कसैलाई मैनमा भएका रसायनहरूको एलर्जी हुने हुनाले त्यसबाट अझ बढी पीडा हुने गर्दछ। वाक्सिङ्ग गर्दा प्रयोग गरिने मैन बढी तातो भएमा, छालालाई पोल्न पनि सक्छ। नरम र कोमल छाला हुनेहरूले वाक्सिङ्ग गर्नु खतरनाक हुन आउँछ, किनभने यसले कपालसँगै छालालाई पनि उखाल्न सक्छ।

३. सुगरिङ्ग (Sugaring)

sugaringयो विधि पनि वाक्सिङ्ग जस्तै हो, तर मैनको ठाउँमा चिनी, पानी र कागतीको रसबाट तयार पारिएको पेस्ट प्रयोग गरिन्छ। अधिकांशले वाक्सिङ्ग भन्दा सुगरिङ्ग गर्न रुचाउँछन्, किनभने चिनीको पेस्ट कपालमा मात्र टाँसिन्छ, छालामा टाँसिदैन, त्यसैले गर्दा दुखाई पनि कम हुन्छ र छालामा हुने जलन पनि कम हुन्छ। यस मिश्रणमा प्राकृतिक वस्तुहरूको प्रयोग गरिएको हुनाले यसलाई पखाल्न पनि सजिलै हुन्छ।

तर, टेपलाई निकाल्ने बेला ध्यान पुर्याइएन भने, यसले छालामा घाउ बनाउन सक्छ। वाक्सिङ्गले जस्तै सुगरिङ्गले पनि कसै-कसैमा एलर्जी गराउन सक्दछ।

४. डेपिलेटोरि (Depilatory)

depilatory-creamवाक्सिङ्ग र सुगरिङ्ग गर्न नरुचाउनेहरूले यो विधि पनि अपनाउने गर्छन्। यस विधिमा जेल अथवा क्रिम छालामा लगाइन्छ र त्यसमा भएका रसायनले रौँलाई टुक्र्याउँछ अनि रौँलाई निकाल्न सजिलो हुन्छ। तर, यस्ता डेपिलेटोरी क्रिममा छालालाई जलन गराउन सक्ने रसायनको प्रयोग गरिएको हुन्छ। यस्तो क्रिमले छालामा जलन हुने, रातो हुने, सुन्निने, चिलाउने र छाला निस्कने जस्ता समस्या निम्त्याउन सक्छ। त्यसैले यो प्रयोग गर्ने बेला विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

५. थ्रेडिङ्ग (Threading)

threadingअनुहारमा भएका रौँहरूलाई हटाउनको लागि अधिकांश महिलाहरूले थ्रेडिङ्ग विधि अपनाउने गर्छन्। मसिनो धागोलाई बटारेर छालाको सतहमा रगटिन्छ जसले मसिना रौँहरूलाई धागोमा बटार्दछ र छालाबाट निकाल्दछ। यस बिधिमा कुनै किसिमको क्रिमको प्रयोग गरिँदैन, त्यसैले यसलाई प्राकृतिक उपाय पनि मानिन्छ। वाक्सिङ्ग र सुगरिङ्गले जस्तो यसले छालालाई जलाउने र घाउ बनाउने गर्दैन, तर यसको आफ्नै जोखिमहरू छन्। रौँलाई धागोले समातेर बटार्ने हुनाले थ्रेडिङ्ग गर्दा दुख्ने हुन्छ। थ्रेडिङ्ग गरिसकेपछि, हलुका रातो हुने तथा पोलेको महशुस हुने हुन्छ, तर यो एकैछिनमा हटेर जान्छ। यसको मूख्य बेफाइदा भनेको एकचोटी थ्रेडिङ्ग गरेको ठाउँमा झन् बढी रौँहरू पलाउँदछन्।

६. लेजर (Laser)

Laser hair removalयो लेजर विधिले शरीरका रौँहरूलाई स्थायी रूपमै हटाउने गर्दछ। यसबाट निस्कने तातोले रौँको जरालाई मार्दछ र कहिल्यै पनि त्यहाँबाट रौँ पलाउन दिँदैन। शरीरको कुनै भागबाट रौँ हटाउनको लागि धेरैचोटी लेजर गर्नुपर्ने हुन्छ, जसले गर्दा छालामा जलन हुने र सुन्निने हुन्छ। यदि लेजरको तीब्रता बढि हुन गयो भने, छालालाई कालो बनाउन पनि सक्छ। यो विधि एकदमै महङ्गो पनि छ तर यसले स्थायी रूपमा नै अनावश्यक कपाललाई हटाउने गर्दछ।

यो पनि हेर्नुहोस्-
कुन बार कपाल काट्दा शुभ र अशुभ
कैचीले होइन, आगो र तरवारले काटिन्छ कपाल (भिडियो सहित)
‘उल्फ म्यान’: अनुहार भरी कपाल, पुरै परिवार मै छ यस्तो