हाम्रो शरीरबाट विभिन्न आवाज निस्कन्छन्, जुन विभिन्न रोगको संकेत हुन सक्छ । जान्नुहोस्, त्यस्ता १० आवाज जसले तपाईको स्वास्थ्य स्थितिको बारेमा संकेत गर्छ ।

१. बाडुली – श्वास नलीमा रहेको ‘डायफ्राम’मा अवरोध आउनाले बाडुली लाग्छ । तर, लगातार वा पटक–पटक बाडुली लागेमा स्नायु प्रणालीसम्बन्धि समस्याको संकेत हुनसक्छ।

२. डकार – पेटमा भरिएको ग्यास बाहिर निस्कने क्रममा डकार आउँछ । यदि डाकरसँगै पेट पोल्ने पनि हुन्छ भने यो ग्याष्ट्रिकको समस्या हुनसक्छ ।

३. सुतेको बेला आफ्नै मुटुको चाल सुन्नु – सामान्यतया, बढी चिया, कफी वा मदिरा सेवन गर्नाले मुटुको धड्कन बढ्छ । तर, यस्तो चिन्ताको कारलेण पनि हुन्छ ।

४. खोक्दा सिटीको आवाज आउनु – खोक्दा सिटीको आवाज आएमा स्वास सम्बन्धी समस्याको संकेत हो । फोक्सोमा संक्रमणका कारण यस्तो आवाज आउँछ । लामो समयसम्म यस्तो आवाज आउने भइरहेमा दम रोग पनि हुन सक्छ ।

५. नाकबाट सीटीको आवाज आउनु – सामान्य रुखाखोकी, ज्वरोका कारण यस्तो आवाज आउँछ । त्यस्तै नाकमा कुर्कुरे हाडको कुनै समस्या वा वाधाका कारण पनि यस्तो समस्या हुन सक्छ ।

६. बंगराबाट निस्कने आवाज – तल्लो र माथिल्लो बंगाराको जोर्नीको पक्ति नमिल्ने भएमा आवाज निस्कन्छ । यसले बंगरा चल्न बन्द हुने समस्या पनि हुनसक्छ ।

७. पेटको गडगडाहट – पाचनको समस्याका हुँदा पेट कराउने गर्छ । तर, पेटको गडगडाको साथै सुन्निने र दुख्ने हुन्छ भने यो मृगौलासँग जोडिएको समस्याका कारण हुनसक्छ ।

८. औला पड्काउँदा आउँने आवाज – जोर्नी बीचमा भरिएको हावा र तरल पदार्थका कारण पड्किएको आवाज आउँछ । यस्तो गठियां र जोर्नी सम्बन्धी रोगका कारण पनि हुनसक्छ ।

९. निन्द्रामा घुर्नु – मोटोपनका कारण घाँटीको झिल्लीमा रुकावटका कारण निन्द्रामा घुर्ने गरिन्छ । यसले ‘स्लिप एप्निया, मधुमेह तथा ‘स्ट्रोक’को खतरा बढेर जान्छ ।

१०. कानमा सिठ्ठी – कानमा संक्रमण भएका कारण कानमा सिठ्ठी बजेको आवाज आउँछ । ‘टिनिटस’ नामक रोगका कारण पनि कानमा आवाज आउँछ ।

यो पढ्नुस।

सबैले थाहा पाउनैपर्ने- ‘घुर्ने समस्या’को ५ प्रभावकारी रोकथाम

झुक्किएर चुइगम निलेमा हुन्छ ?

के तपाईँको कान सुसाउने, सिट्ठी बज्ने वा घण्टी बज्ने हुन्छ? यस्ता छन् अपत्यारिला कारण…