एजेन्सी  । खेलका बारेमा कुनैपनि भविष्यवाणी गर्नु सायद चुनौतिपुर्ण हुन्छ । खेलमा कसको जित होला कसले हार्ला भनेर किटान गर्न सकिदैन । जितको नजिक पुगेको टिमले हार बेहोर्नुपर्ने हुन्छ भने हार्छ होला भनेको टिमले जितिदिन्छ । क्यानडाकी चर्चित टेनिस स्टार युजिनी बुसार्डले पनि यस्तै स्थिति झेल्नुपरेको छ ।


बुचार्डले युएस सुपर वाउलको एक खेलमा लगाएको शर्तमा हारिन, र उनीसंग शर्त जित्ने २० वर्षीय विधार्थीसंग डेट जानु पर्यो ।

एटलान्टा फाल्कन र इग्ल्यान्ड प्याट्रियट्सविचको खेल प्रतिपर्धामा एटलान्टाका प्रतिस्पर्धि अगाडि थिए । त्यसैले बुचार्डले ट्वीटमै भविष्यवाणी गरेर फाल्कनलाई कसैले हराउन नसक्ने ठोकुवा गरिन् ।

 

तर अर्को खेलका प्रशंसक २० वर्षीय जोनले ट्विटरमै बुचार्डसंग फाल्कनले नभई प्याट्रियट्सले खेल जित्ने शर्त राखे । शर्त बुचार्डले स्विकार गरिन् । उक्त प्रतिस्पर्धामा जित प्याट्रियट्सकै भयो ।

बुचार्डले शर्त पुरा गर्दै जोन संगको डेटको फोटो ट्विटरमा अपलोड गरिन् ।