काठमाडौं ।
एकीकृत माओवादीका नेता दीनानाथ शर्माको यात्रा र अनुभूति नामक पुस्तक वजारमा आएको छ । राजधानीमा एक कार्यक्रमको वीच राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुस्तकको लोकापर्ण गरेका हुन् । लोकार्पण समारोहमा राष्ट्रकवि घिमिरेले पुस्तकले यात्रा र अनुभूतिको बारेमा जीवन्त उदाहरण प्रस्तुत गरेको बताए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पुस्तक ज्यादै सरल, सटिक र सजीव ढंगले प्रस्तुत भएको बताए । उनले पुस्तकलाई अग्रेजी भाषामा अनुवाद गर्न सके मुलुक बाहिर समेत चर्चा पाउने विश्वास ब्यक्त गरे ।

पुस्तकमा शर्माले आफूले जीवनमा भोगेका घटना र अनुभूति समेटेका छन् । पुस्तकमा खासगरी मेरो पहिलो पाइला– बनारस यात्रा, तिर्खा, शान्तिको खोजी, संघीयताको खोजीमा लगायत शिर्षकमा पुस्तक लेखेका छन् ।