३० साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण विरामी भएका सप्तरीको कुलारी गाउँका ८ बर्षीय बाल कमल सदाको मृत्यु भयो ।

तर उनका आफन्तले उनको शव गाड्ने ठाउँसम्म पनि पाएनन् ।

उनका काका देव कुमार सदाले काखमा बोकेर लगेर उनको शव कोशीमा बगाइदिए । यो हृदय विदारक फोटो जर्मनीमा रहेको युरोपियन प्रेसफोटो एजेन्सी इपीएका लागि नेपालबाट फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।

फोटोहरुः साभार इपीए