२४ मंसिर, काठमाडौं ।

संसोधन प्रस्ताव दर्ता भएपछि नेताहरु पक्ष विपक्षमा खुलिरहेका बेला कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ५ नम्बर प्रदेशका विषयमा आफू केही नबोल्ने बताएका छन् ।

संसोधनको विपक्षमा १ तिहाइ सांसदको विज्ञप्ति निकाल्ने एमालेको तयारी

कांग्रेस निकटको नेपाल निजामति युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले ५ नम्बर प्रदेशका विवाद भए पनि आफू अहिले केही नबोल्ने भन्दै आफ्नो पनि रिजर्भेसन रहेको बताएका हुन् ।

Shanka koirala‘५ नम्मर प्रदेशमा मेरा पनि केही धारणा छन् तर, अहिले म केही बोल्दिन’ आफ्नो रिजर्भेजनबारे कोइरालाले भने । छिटो तीनवटा चुनाव गर्नुपर्ने भन्दै कोइरालाले सबै दल गम्भीर बन्नुपर्ने राय व्यक्त गरे ।

ओली भडुवा, ओलीकै कारण विभाजनको रेखा कोरियो- देउवा

यस अघि संविधान निर्माण गर्दै गर्दा पनि प्रमुख दलका नेताहरुले जनताको अधिकारको लागि संविधान परिमार्जन गर्दै जानुपर्ने विषयमा बोलेको भन्दै सबैलाई अधिकार दिने विषयमा कोही पनि विभाजित हुन नहुने बताए । तर, नवलपरासी नै घर र निर्वाचन क्षेत्र रहेका शशांकले आफ्नो पनि असमझदारी रहेको खुलाए । कांग्रेस एकजुट भएमात्र कसैले पनि जित्न नसक्ने उनको भनाई थियो ।

बाबुराम पोखरा प्रकरणः यस्तो रहेछ वास्तविकता (भिडियो सहित)

केही दिन अघि मात्र शशांकले ५ नम्बर प्रदेश टुक्राउने नहुने बताएका थिए। यो भनाइले उनी पार्टी भित्र आलोचित भएको बताइन्छ । त्यसैकारण उनले यसबारे बोल्न नचाहेको अनुमान गरिएको छ ।