जो कोही पनि उपहार पाएमा खुशी हुन्छौ । तर, के कहिल्यै सोच्नु भएको छ, उपहार दिनेवालाको नियत कस्तो छ भन्ने ? किनकी उपहार दिनेको नियतमा खराबी छ भने तपाईको खुशीमा ग्रहण लाग्न सक्छ ।gift-201525615

त्यसैले, यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ, कस्ता–कस्ता उपहार लिनु उचित र कस्ता लिनु अनुचित हुन्छ ? जान्नुहोस्, वास्तुशास्त्र अनुसार कुन–कुन चिज उपहारको रुपमा नलिने ।

  • हिंस्रक जनावर जस्तै सिंह, बाघ, चितुवा आदिको मूर्ति उपहारको रुपमा कहिल्यै नलिनुस्।
  • डुबिरहेको जहाजको मूर्ति वा तस्विर उपहारमा पाउनु वा घरमा राख्नु पनि अशुभ मानिन्छ । यसबाट आर्थिक नोक्सान हुन्छ ।
  • चक्कु, छुरी जस्ता औजार न कसैलाई उपहार दिन हुन्छ न त लिन नै । कसैबाट पाइहाले घरमा राख्न शुभ मानिँदैन । परिवारका सदस्यबीच कलह उत्पन्न हुन्छ ।
  • कालो रंगको वस्त्र कसैलाई पनि उपहार नदिउ । यसलाई दुःख, कष्ट र पिडाको प्रतिक मान्छि । त्यस्तै, विवाह भएको एक बर्षसम्म कालो रंगको कपडा लगाउँन पनि अशुभ हुन्छ ।

यो पढ्नुस्: वास्तु शास्त्र भन्छ- घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन

  • जुत्तालाई उपहारमा दिन वा लिन हुँदैन । वस्तुशास्त्रमा यसलाई विछोडको प्रतिक मानिएको छ ।
  •  रुमाल दुखको प्रतिक हो । रुमाल उपहार आएमा जीवनमा दुःख प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ ।
  •  धेरै जसोले उपहारमा घडी दिने गरेको देखिन्छ । तर, घडी उपहारको रुपमा आएमा जीवनमा प्रगतिलाई रोक्नु मानिन्छ । तर सबै अवस्थामा यी उपहारले अशुभ भने गर्दैन। जीवनमा प्रत्यक्ष उपयोग हुने र लाभ लिन सकिने वस्तु उपहारको रुपमा लिदाँ वा दिँदा दिने र लिने दुवै खुसी हुन्छन्।

यो पढ्नुस्।

वास्तु शास्त्रः पर्समा राख्नुस् यी ५ कुरा कहिल्यै हुँदैन खाली

वास्तु शास्त्र: नराख्नुस् यी ६ चीज घरमा, गरिबी निम्त्याउँछ

वास्तु शास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ