३० मंसिर, एजेन्सी । सुपरस्टार शाहरुख खानले विहे गर्दा लाखौं युवतीको मन कुँडियो होला र आज पनि लाखौं युवती उनीप्रति आशक्त छन् । पत्यार पर्न गाह्रो छ कुनै समय बलिउड स्टार आमिर खानकी छोरी पनि शाहरुखसंग प्रेममा पागल थिइन् र बिहेनै गर्न चाहन्थिन् ।  sana-shaikh-cute

यहाँ आमिरको छोरी भनेर इराको कुरा गरिएको होइन् फिल्म ‘दंगल’ मा आमरिको छोरीको भूमिका निर्वाह गरेकी फातिमा सना शेखको हो । जसले सानै उमेरमा शाहरुखसंग ‘वान, टु का फोर’ मा संगै काम गरेकी थिइन् । हालै उनले शाहरुखसंग आफ्नो प्रेमको विषयमा एक अन्तरवार्तामा बताएकी छन् ।

फातिमाले भनिन् ‘ म शाहरुख खानको धेरै ठूलो फ्यान थिए । मैले आफ्नो दराजको जताततै उनको फोटो टाँसेको थिए । म उनलाई धेरै माया गर्न थालेको थिएं । तर, जब मैले सुटिङ्गका समय उनी विवाहित भएको थाहाँ पाएं, मेरो मन छियाछिया भएर चिरियो ।’ त्यतिखेर फातिमा मात्र ७ वर्षकी थिइन् ।

फातिमाले भनिन् ‘शाहरुखले मलाई धेरै माया गर्थे र म पनि उनलाई धेरै प्रेम गर्थें । मलाई लाग्थ्यो शाहरुखले पनि मलाई त्यतिनै प्रेम गर्छन र यसै कारण म सोच्थें मैले उनीसंग विवाह गर्नै पर्छ ।’ फातिमाले नायक कमल हसनसंग पनि ‘चाची ४२०’ मा संगै काम गरेकी छन् । जसमा उनले बच्चाको लीड रोल निर्वाह गरेकी छन् ।