एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले महिला बडीगार्ड राख्दै आएका छन ।  एक मिडियासँगको कुराकानीका क्रममा ठूलो संख्यामा फ्यान फलोइङ भएका अभिनेता शाहरुख खानले महिला बडीगार्ड राख्नुको कारण खोलेका छन । त्यसो त शाहरुखका थुप्रै बडीगार्ड छन्, तर उनले एक महिला बडीगार्ड हायर गरेको बताए । तर, यसो भन्नुको एक हाँसो लाग्दो कारण छ ।

बडीगार्ड राख्नुको कारण

उनको लाखौँ शुभचिन्तक छन्, तर कहिले काही तिनै शुभचिन्तक तथा समर्थकले दुर्घटना वा चोट प्रयाउँने काम गर्छन् । शाहरुखका अनुसार, महिलाले धेरै लामा नङ पाल्ने गर्छन् र कहिले काँही उनीहरुले प्रेम व्यक्त गर्ने क्रममा लामा नङले निशान छोड्छन् ।

शाहरुखले भने, ‘कहिले–काँही महिला शुभचिन्तकले छोडेको निशानबारे घरमा श्रीमती तथा छोरा–छोरीलाई सफाई दिनुपर्ने हुन्छ । त्यसैले मैले केही महिला बडीगार्डलाई हायर गरेको हु ।’ शाहरुखले फेरि हाँस्दै बोल, ‘कृपया यो भनाईलाई गम्भिर रुपमा नलिनुहोला ।’