हिन्दु धर्ममा सबैभन्दा ठूलो भगवान मानिने शिव भगवानका तस्विर अनि मूर्तीहरूमा उनको जटा (कपाल) माथि बसेर पानी फ्याँकिरहेकी एक स्त्रीलाई त सबैले याद गरेकै होला। यी देवी को हुन् भन्ने चाहिँ सायद कोहिकोहिलाई मात्रै थाहा छ होला। यी हुन् ‘गङ्गादेवी’, जसलाई निर्मल, स्वच्छ अनि कञ्चन जलको प्रतीक मानिन्छ।Lord Shiva and Ganga devi

विभिन्न हिन्दु धर्मग्रन्थका अनुसार त पार्वतीलाई शिवजीकी पत्नी भनिएकै छ। तापनि फरक फरक कथाका कारण कतिपयले गङ्गादेवी पनि शिवजीकै पत्नी हुनकी भन्ने गरेको सुनिन्छ। गङ्गा र शिवका बारेमा हिन्दु पुराण तथा ग्रन्थहरूमा केहि कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। वास्तवमा गङ्गादेवीको जन्म ब्रह्माको कमण्डलुबाट भएको विश्वास गरिन्छ।

स्कन्दपुराणका अनुसार, शिव भगवानले ‘हिमावन’की दुवै पुत्री- उमा (पार्वती) र गङ्गालाई आफ्नी पत्नी बनाएका थिए। त्यसैले नै गणेशलाई ‘गङ्गेय’ भनेर पनि चिनिन्छ।Lord Shiva, Parvati and Ganga devi

त्यसैगरी ब्रह्मवैवर्तपुराणका अनुसार, भगवान विष्णुका तीनवटा पत्नी थिए भन्ने उल्लेख गरिएको छ- लक्ष्मी, गङ्गा र सरस्वती। तीनवटै पत्नीहरूले विष्णुलाई बराबर माया गर्थे र उनको माया पाउने इच्छा गर्थे। जसको कारण उनीहरूमा मनमुटाव उत्पन्न हुन पुग्यो। आफ्ना पत्नीहरूबीच झगडा नहोस् अनि विष्णुले आफ्नो अर्को दुईवटा रूप प्रकट गराए – ब्रह्मा अनि शिव। लक्ष्मीलाई आफुसँगै राखी, गङ्गालाई शिवसँग अनि सरस्वतीलाई ब्रह्मासँग पठाइदिए।

यो पनि हेर्नुहोस्-
दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा
जब शिवले आफ्नै घर बद्रिनाथ छाड्नुपर्यो..
शिवपरिवारः दुई पुत्र मात्रै होइन, शिवजीकी अर्की एक पुत्री पनि छिन्
भगवान शिवका १०८ नाम, जानौँ तिनका अर्थ र महत्व
महादेवको त्रिशूलले हिन्दु धर्ममा कस्तो महत्व बोकेको छ?