ram worship god shivaआज शिवरात्री, आजको दिनमा घर, मन्दिरहरूमा शिवलिङ्गको अनुष्ठान गर्ने गरिन्छ । शिवलिङ्गको अनुष्ठान कुन कामका लागि कसरी गर्ने थाहा पाऔ ।

कारोबार वृद्धिको लागी
महाशिवरात्रिको सिद्ध मुहर्तमा पारद शिवलिंगको प्राण प्रतिष्ठा गरी स्थापना गर्दा व्यवसायमा वृद्धि तथा नोकरीमा सफलता प्राप्ति हुन्छ।
बाधा नाशकको लागी
शिवरात्रिको प्रदोष कालमा स्फटिक शिवलिंगलाई शुद्ध गङ्गाजल, दूध, दही, घीउ, मह वा शक्करबाट स्नान गराएर धूप-दीप बालेर निम्न मन्त्रको जाप गर्दा समस्त बाधाहरूको शमन हुन्छ। ॥ॐ तुत्पुरूषाय विद्महे महादेवाय धीमहि तन्नो रूद्र: प्रचोदयात्॥
रोगबाट छुटकाराको लागी
शिव मन्दिरमा शिवलिङ्गपूजन गरेर रुद्राक्षको माला प्रयोग गरी दस हजार पटक महामृत्युञ्जय मन्त्रको जाप गर्दा प्राणरक्षा हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
शत्रु नाशको लागी
शिवरात्रिका दिन रूद्राष्टकको यथासम्भव पाठ गर्दा शत्रुहरूबाट मुक्ति प्राप्त हुन्छ। मुद्दामामिलाम विजय प्रप्ति हुन्छ र समस्त सुखभोग मिक्दछ।
मोक्षको लागी
शिवरात्रिका दिन एक मुखे रूद्राक्षलाई गङ्गाजलले स्नान गराएर धूप-दीप गरी आसनमा स्वच्छ कपडा ओछ्याई स्थापना गरी शिवरूपी रूद्राक्ष सम्मुख बसेर सवा लाख “ॐ नम: शिवाय” मन्त्र जपको सङ्कल्प गरी जाप आरंभ गर्ने तथा शिवरात्रि पछि पनि जापलाई निरन्तरता दिई पूर्ण भएपछि साङ्गे गर्दा मोक्ष प्राप्ति हुने मान्यता छ।