१३ भदौ, इटहरी।

जनजाति महासघका पुर्व अध्यक्ष राजकुमार लेखीले प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कारवाहि गर्ने  अभिव्यक्ति दिएको प्रति पुर्वी थारुवान संघर्ष समितिले आपत्ति जनाएको छ ।

समितिको तर्फबाट सयोजक तथा पुर्व सभासद सन्तोष थारुले आज एक विज्ञप्ती जारी गरि  सुनसरीको खनारको सभालाई सम्बेधन गर्ने क्रममा र इटहरीमा पत्रकारसँग कुरा गर्दा प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुलाई कारवाहिको धम्कि दिएका लेखीको भनाई  नितान्त व्यक्तिगत र खेदपुर्ण भन्दै टिप्पणि गरेका छन् ।

शनिवार लेखीले ७ नेताको नामै तोकेर थारु बाहुल्य क्षेत्रमा उनिहरु आए कार्यकर्तालाई भौतिक कारवाहि गर्न निर्देशन दिएका थिए ।