२९ वैशाख, काठमाडौं ।

१५ वर्षपछि स्थानीय चुनाव हुन लागेपछि यतिखेर प्रदेश ३,४ र ६ मा जनतामा खुशी छाएको छ । आफ्नो प्रतिनिधि आफैं छान्न पाउने र स्थानीय सरकारको अभ्यास गर्न पाइने भएकोले पनि जनताहरुमा उत्साह छ । अब निर्वाचन आउन एक दिन मात्र बाँकी छ । यस्तोमा हाम्रो शीर्ष नेता नेताहरुले कुन क्षेत्रबाट भोट हाल्नछन् भन्ने चासो पाठकहरुमा हुन सक्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले कहाँ भोट हाल्लान् ? जानकारीको लागिमात्र यो विवरण राखिएको छ :

राष्ट्रपति विद्यादेवी भण्डारी, काठमाडौं महानगरपालिका १०

उपराष्ट्रपति नन्दबहादुर पुन, खोली गाउँपालिका २, रोल्पा

पुष्कमल दाहाल प्रचण्ड, भरतपुर महानगरपालिका ६, चितवन

सभामुख ओनसरी घर्ती, रोल्पा नगरपालिका ७ रोल्पा

एमाले
एमाले अध्यक्ष केपी ओली, दमक नगरपालिका १२, झापा

झलनाथ खनाल, सूर्योदय नगरपालिका ९, इलाम

माधवकुमार नेपाल, गौर नगरपालिका ३, रौतहट

भीम रावल, साफे नगरपालिका ६, अछाम

इश्वर पोखरेल टोखा नगरपालिका ६ काठमाडौं,

बामदेव गौतम, बाँसगढी नगरपालिका ८, बर्दिया

योेगेश भट्टराई काठमाडौं महानगरपालिका २९

सुवास नेम्वाङ, इलाम नगरपालिका ३, इलाम

प्रदीप ज्ञवाली, रुरु नगरपालिका ४ गुल्मी

कांग्रेस
कांग्रेस सभापति शेरबहादुर देउवा, गन्यापधुरा गाउँपालिका १, डडेल्धुरा

रामचन्द्र पौडेल, ब्यास नगरपालिका २, तनहुँ

डा. शशांक कोइराला, काठमाडौं महानगरपालिका ४

सीतादेवी यादव, सिरहा नगरपालिका १५ सिरहा

प्रकाशमान सिंह, काठमाडौं महानगरपालिका १, काठमाडौं

गगन थापा, काठमाडौं महानगरपालिका ३०

कृष्णप्रसाद सिटौला, दमक नगरपालिका १० झापा

माओवादी, मधेसवादी, नयाँ शक्ति राप्रपासहितका शीर्ष नेता

बाबुराम भट्राई, पालुङटार नगरपालिका १, गोरखा

नारायणकाजी श्रेष्ठ, सिरानचोक गाउँपालिका ८, गोरखा

मोहन वैद्य, घोराही उपमहानगरपालिका ९, दाङ

कमल थापा, हेटौडा उपमहानगरपालिका ५, मकवानपुर

महन्थ ठाकुर, बलरा गाउँपालिका १, सर्लाही

उपेन्द्र यादव, विराटनगर उपमहानगरपालिका १४, मोरङ

रामबहादुर थापा बादल, भरतपुर महानगरपालिका १० चितवन

राजेन्द्र महतो, चन्दनगर नगरपालिका २ सर्लाही

जनार्दन शर्मा, मुसिकोट नगरपालिका ६, रुकुम