१ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आव २०७४/७५ का लागि रु ४५ करोड २० लाख १७ हजार ७९८ को बजेट विनियोजन गरिएको छ ।

बुधबार नगरपालिकाको प्रथम नगर सभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख तुलसी हमालले आन्तरिक स्रोततर्फ रु ४८ लाख ५० हजार, वित्तीय समानीकरणबाट रु २४ लाख ५५ हजार, क्षेत्रीय शहरी विकास कार्यक्रमबाट रु एक करोड ७६ लाख, सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट रु पाँच करोड ८० लाख, विषयगत सशर्त अनुदान रु नौ करोड ९६ लाख, विकास कार्यक्रमबाट रु १२ लाख, स्थानीय शासन तथा सामुदायिक स्रोत बाँडफाँडबाट रु सात लाख बजेट विनियोजन गरिएको बताए ।

सडक बोर्डबाट रु १५ लाख, राजस्व बाँडफाँड मालपोतबाट रु १० लाख, प्राकृतिक स्रोत बाँडफाँडबाट रु सात लाख र गत वर्षको सरिआएको मौज्दात रु दुई करोड तीन लाख २० हजार रकम अनुमान गरिएको उनले बताए ।

यसैगरी, उनका अनुसार चालु खर्चतर्फ रु तीन करोड ३१ लखख ८५ हजार, सामाजिक सुरक्षा भत्तातर्फ रु पाँच करोड ८० लाख, सशर्त अनुदान खर्चतर्फ रु नौ करोड ९६ लाख ५५ हजार, अधुरा योजना गत वर्षको दायित्वतर्फ रु एक करोड ५५ लाख २० हजार, संघीय संरचना विकासका लागि रु ४८ लाख, क्षेत्रीय सहरी विकास कार्यक्रमतर्फ रु एक करोड ७६ लाख २३ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु १२ लाख, सडक बोर्डका योजनामा रु १५ लाख रकम विनियोजन गरिएको छ ।

पूँजीगत खर्चतर्फ रु २२ करोड पाँच लाख ३४ हजारमध्ये म्याचिङ फण्ड रु एक करोड ११ लाख ५० हजार, गत वर्षको परिषद्ले विनियोजन गरेको योजना तथा कार्यक्रममा रु एक करोड ८१ लख ६५ हजार, नगर पूर्वाधार कार्यक्रममा रु एक करोड ६० लाख, ठूला पूर्वाधार योजनामा रु एक करोड, नपा भवन, वडा कार्यालय भवन र टिपर खरिदमा रु दुई करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

विषयगत कार्यालयका लागि रु दुई करोड पाँच लाख, स्वास्थ्य कार्यक्रमका लागि रु ३५ लाख, वडा कार्यालयका लागि रु १० करोड ५० लाख र अन्य सार्वजनिक निर्माण कार्यक्रमका लागि रु एक करोड ४२ लाख १९ हजार बजेट विनियोजन गरिएको छ ।

प्रथम नगरसभामा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नीति तथा कार्यक्रम पेश गर्दै कृषि तथा मासुजन्य पदार्थको उत्पादनमा जोड दिन नयाँ प्रविधियुक्त खेती प्रणाली र पशुपालनको कार्यलाई अवलम्बन गरिने, शीतभण्डार स्थापना गर्ने, जलवायु अनुकूलन उद्योग स्थापना गर्ने, पर्यटकीय क्षेत्रको संरक्षण सम्र्वद्धन गर्ने, एक टोल एक सहकारी नीति अवलम्बन गरिने, वित्तीय संस्थामा सबैको पहुँच पु-याइने बताए ।

ग्रिन सिटीको अवधारणा लागू गर्ने, नदीको जोखिमयुक्त क्षेत्रमा तटबन्ध निर्माण गर्ने, विपद् व्यवस्थापनबारे सचेतना फैलाउने, वन्यजन्तुका लागि संरक्षित क्षेत्र निर्धारण गर्ने, नगरीय सुशासन, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्ने, कर्मचारी योग्यता प्रणाली अवलम्बन गरी कर्मचारी नियुक्त गर्ने, वित्तीय सुशासनमा जोड दिने, नगर पाश्र्वचित्र तयार गर्ने, वित्तीय जोखिम न्यूनीकरण गरिने, स्मार्ट सिटी, क्रिकेट स्टेडियम निर्माण गर्नेलगायत नीति तथा कार्यक्रमबारे उनले जानकारी दिए । नगर सभाले नीति तथा कार्यक्रमसँग सभामा प्रस्तुत अनुमानित बजेट पारित समेत गरेको छ । रासस