२४ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोश्रो चरणको मतदान शुरु भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि बढी मत ल्याएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोश्रो चरणको प्रतिस्पर्धा भएको हो ।

महाधिवेशन उद्घाटनको दिन खुल्ला मञ्चमा

महाधिवेशन उद्घाटनको दिन खुल्ला मञ्चमा

पहिलो चरणमा देउवाले १५६४ र पौडेलले ११६० मत प्राप्त गरेका थिए ।

२ घण्टामा सिटौलाको दोश्रो विज्ञप्ति

‘४० प्रतिशत’ भनिने देउवाले ५० प्रतिशत मत प्राप्त गर्नुका ५ कारण

कांग्रेसको विधानले सभापति पदमा दुईभन्दा बढी उम्मेदवार भए विजयी हुनका लागि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्ने ब्यवस्था गरेका कारण देउवा पहिलो चरणमा सभापति बन्न सकेनन् । सोही विधानकै कारण केवल ११ मतका कारण सभापति बन्नबाट चुकेका शेरबहादुर देउवा र उनका निकटतम प्रतिद्वन्दी रामचन्द्र पौडेलबीच दोश्रो चरणको मतदानमा २ पक्षीय भिडन्त हुँदैछ ।

कांग्रेसमा तरंग ल्याउने सिटौलाको विज्ञप्ति

यसैबीच सबैभन्दा कम मत प्राप्त गरेर तेश्रो स्थानमा सीमित भएका महामन्त्री कृष्ण कृष्ण सिटौलाले दोश्रो विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रक्रियालाई स्वच्छ र सहज रुपमा स्विकारी मतदान प्रक्रियामा सहभागि हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

यस अघी उनले जारी गरेको विज्ञप्तिमा घुमाउरोरुपमा सबैभन्दा बढी मत प्राप्त गरेका देउवालाई सभापति बनाउन प्रस्ताव गरेको जस्तो देखिएपनि प्रष्ट भनेका थिएनन् ।

तर सिटौला तटस्थ बसेर मतदान गर्दा भने रामचन्द्र पौडेललाई भन्दा देउवालाई फाइदा पुग्ने निश्चित छ ।