काठमाडौं, २६ बैशाख । शेयर बजारमा परिसूचकमा गिरावट आएपनि बिहीबार कारोवारमा उल्लेख्य बृद्धि भएको छ । पाँच अंकको गिरावटसँगै शेयर बजारले यस साताको कारोवारको बिट मार्दै गर्दा कारोवार रकम झण्डै १ अर्बको हाराहारी पुगेको हो ।

बिहीबार १ सय ७४ कम्पनीका ९४ लाख ७३ लाख ४७ हजारको कारोवार भएको छ । ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर किनवेच भएका छन् । नेप्से परिसूचक ५ दशमलव ६४ अंकले घटेर १२ सय ९१ दशमलव ९६ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५५ अंकले घटेर २ सय ७६ दशमलव ५२ बिन्दुमा अडिएको छ । कारोवारमा सुचिकृत १० मध्ये निर्जीवन विमा र उत्पादनमूलक समूहको सुचकमात्र क्रमशः ५० र ३६ अंकले बढेको छ ।