१५ असोज, काठमाडौं
कांग्रेसमा यतिखेर सभापतिमा शेरबहादुर देउवा छन् । सभापति हुनका लागि उनले निक्कै पापड बेल्नुपरेको थियो । कोइरालासँग भिड्दाभिड्दै बल्ल गत फागुनमा भएको १३ औं महाधिवेशनबाट देउवा सभापतिमा उदाएका थिए ।sher br Deuwa walking  343697

यिनै सभापति देउवा हुन् जो पार्टी विधि, विधान र पद्धतिमा चलेन भन्दै एउटै पार्टीमा रहेर पनि फरक पार्टीको अभ्यास गर्थे । सभापति सुशील कोइरालाले उपसभापति र महामन्त्री बनाउनका लागि केन्द्रीय समितिमा ल्याएको प्रस्तावलाई ९ महिनासम्म पंगु बनाउँथे । आफूसँग सल्लाह नगरेको भन्दै बल्ल गठन भएका विभाग र अञ्चल संयोजकबाट राजीनामा दिंदा १२ देखि १३ औं महाधिवेशनसम्म यस्ता विभागले काम नै गर्न सकेका थिएनन् ।

पार्टीले गर्ने हरेक निर्णय, काममा देउवाले ४० प्रतिशत हिस्सा खोज्दथे । उनलाई यो हिस्सा नदिने हो भने केन्द्रीय समितिको बैठक बस्न सक्दैनथ्यो । पेलेर बस्न खोजे देउवाले ९ महिनासम्म केन्द्रीय सदस्यबाट राजीनामा दिएर बस्ने अवस्थाको नतिजा पनि देखाइदिन्थे ।

पार्टीले कारवाही गरेपछि देउवाले कांग्रेस नै फुटाएका थिए । फुटेको कांग्रेसको पहिलो संविधानसभा निर्वाचन अघि मूल पार्टीसँग एकीकरण भएको थियो ।

तर, कांग्रेस सत्तामा विराजमान देउवा आफू आएसँगै आफ्ना ती अभ्यास र आफ्ना दाबीलाई छोड्दै पार्टीमा अस्वभाविक रुपमा ‘चुपचाप’ देखिएका छन् । राष्ट्रिय राजनीतिमा किनारा लगाउनुपर्ने जटिल मुद्दाहरु संविधान संसोधन, स्थानीय तहको निर्क्यौल, स्थानीय तहको चुनाव, प्रदेशको सीमाकंन अनि चुनाव, केन्द्रीय संसदको चुनाव, भाषा विवाद, नागरिकता विवाद जस्ता विषयमा प्रष्ट नीतिका दलीय छलफल थाल्नुपर्ने भए पनि देउवाले आफ्नै पार्टीमा यी विषयमा छलफल थालेका छैनन् ।

सभापतिमा निर्वाचित भएदेखि उनले तीनचारवटा केन्द्रीय समितिको बैठक डाके पनि आफ्नै नेतृत्वमा संविधान जारी गरे पनि सभापति देउवाले अग्रसरता लिन नसकेको भन्दै पार्टीभित्रै तीव्र असन्तुष्टी देखिन थालेको छ ।

यो पढ्नुस्: सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भयो: नेता सिंह

‘किनारा लगाउन बाँकी थुप्रै मुद्दा छन् । संविधान संसोधन, स्थानीय तह निर्धारण र चुनाव, प्रदेशको सीमाकंन र चुनाव, केन्द्रीय चुनाव जस्ता राष्ट्रिय मुद्दाका कांग्रेसले बैठक बसेर धारणा बनाउनुपर्ने हो तर, सकिरहेको छैन’ कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘संविधान जारी गरेपछि सबैको आँखा कांग्रेसमा छ, यो नै मियो हो भनेर हेरेका छन् यी मुद्दामा कांग्रेस के चाहन्छ र के भन्छ भन्ने नै सबैको आँखामा छ तर, हामीले धारणा बनाउन सकिरहेका छैनौं ।’

सुशीलको कार्यकालमा एक दुई महिना केन्द्रीय समितिको बैठक नडाक्दा देउवा पक्षले गुटको छुट्टै भेला डाकेर केन्द्रीय समितिको बैठकको माग गर्दै समानान्तर बैठक डाक्ने चेतावनी समेत दिन्थे । तर, सभापतिमा आफू निर्वाचित भएपछि देउवाले ६ महिनामा तीनदेखि चारवटासम्म मात्र केन्द्रीय समितिको बैठक गरेका छन् । तर, महत्वपूर्ण मुद्दामा बैठक डाकेर छलफल गर्ने र पार्टीको आधिकारिक धारणा तय गर्न सकेका छैनन् ।

पार्टी संरचनामा उस्तै भद्रगोल

नियमित गर्नुपर्ने भ्रातृ संस्था नेविसंघ र महिला संघको महाधिवेशन गरे पनि दुई महिनाभित्र गर्नुपर्ने पार्टी तहका संरचनालाई पूर्णता दिन ६ महिनासम्म असफल भएका छन् । पदाधिकारी चयन, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति जस्ता महत्वपूर्ण संरचना ६ महिनासम्म पनि टुंगिन नसकेको भन्दै केन्द्रीय सदस्य ढुंगानाले असन्तुष्टी जनाए ।

व्यक्तिगत प्रस्तावले हैरान कांग्रेस नेताहरु

स्थानीय तह, चुनाव, प्रदेशको सीमाकंन, संविधान संसोधन जस्ता मुख्य सवालमा सभापतिदेखि देउवादेखि बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं गृहमन्त्री विमलेन्द्र निधिले फरकफरक विषयमा बोलिदिंदा कांग्रेसका केन्द्रीय सदस्य र नेता कार्यकर्ता नैै अन्यौलमा परेका छन् ।

पार्टीमा केन्द्रीय समिति बैठक नडाक्ने तर, नेताहरुले आफूखुशी बोल्दा के हो आधिकारिक धारणा भन्दै नेताहरु नै अन्यौलमा परेका हुन् । ‘नेताहरु मुख्य विवादित विषयमा बोलिरहनु भएको छ तर पार्टीको संस्थागत धारणा हो की के हो टुंगो नै छैन’ कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘नेताहरुले यसरी बोल्दा तलका नेता कार्यकर्ता अन्यौलमा छन् । संविधान जारी गरेको कांग्रेसले के गर्छ र भन्छ भन्दै मानिसहरुले आशा गरे पनि हामी हरायौं ।’

सरकारमा माओवादीको डोमिनेसन

ठूलो दल भएर माओवादीलाई सघाए पनि यो प्रचण्ड नेतृत्वको सरकारमा माओवादी मात्र हावी भएको भन्दै कांग्रेसमा पनि तीव्र असन्तुष्टी छ । विशेष गरी पौडेल पक्ष देउवाको यो शैलीलाई मन पराइसकेको छैन ।

पौडेल पक्षका नेता प्रकाशमान सिंहले त काठमाडौंमा भएको कार्यक्रममा आफ्नो ठूलो भए पनि माओवादीले पेलेर सरकार चलाउँदा पार्टीले कस्न नसकेको आरोप लगाए । पार्टी संचालनदेखि सरकार संचालनमा पार्टीले आन्तरिक र संस्थागत छलफल गर्न नसक्दा यस्तो समस्या आएको भन्दै उनले औपचारिक बैठक डाकेर निर्णय लिन सुझाव दिए ।

यो पढ्नुस्।
बोलचाल छैन देउवासंग, अब के गर्लान् प्रचण्ड ?