८ चैत, एजेन्सी।
सुनिल ग्रोवर र चन्दन प्रभाकरसंग कपिल शर्माको फाइटले निकै चर्चा त पायो नै कपिल शर्माको जमेर आलोचन भएको छ। सोमबार ‘द कपिल शर्मा शो’को टिम फिल्म ‘नाम शबाना’को टिमसंग सुटिङ गर्ने तयारी गर्दै थियो। तर सुनिल र चन्दनले कपिलसंग सुटिङ गर्न मानेनन्। निकै मनाउदाँ पनि दुवै नमानेपछि ‘द कपिल शर्मा शो’को सुटिङ एक दिनलाई स्थगित गरियो । यी सबै घटनाले तनावमा रहेका कपिल फिल्मका नायक मनोज बाजपेईसंग रोएको समेत खबर छ।

सेटबाट कपिलले सुनिल र चन्दनलाई कयौं पटक फोन गरेका थिए। तर उनलाई कुनै जवाफ आएन। सोनी टिभीले कपिल, सुनिल र चन्दनबीच सुलह गर्न सिद्धुलाई जिम्मेवारी दिएको थियो । सिद्धुले सबैलाई भेला गर्ने चेष्टा पनि गरे। तर सुनिल मानेनन्। उनले सिद्धुलाई भने, ‘पाजी, दिल्ली आएर तपाईसंग पर्सनली भेट्छौँ।’

कपिलको तर्फबाट शोका क्रिएटिभ हेड प्रीति सोमोनले चन्दन प्रभाकरलाई फोन गरे। ‘नोकर हुँ, आफ्नो औकात थाहा पाए। कपिलले मेरो लागि धेरै गरेको छ। तर बिनाकारण खाएरमात्र कसैले ऋण चुकाउँदैन।’ चन्दनले यसो भनेर फोन काटे।

जब सुनिल र चन्दन सुटिङको लागि आएनन् कपिलले ट्वीट गेरर सुनिलसंग माफि मागे। कपिलले ट्वीटमा लेखेका छन्, ‘पाजी, सुनिल ग्रोवर सरी, मैले अन्जानमा तिमीलाई चोट पुर्याए। तिमीलाई राम्रोसंग थाहा छ कि म कति प्रेम गर्छु। म पनि अपसेट छु। प्रेम र शुभकामना सधै।’

यो पढ्नुस्।

माफि मागेका कपिललाई सुनिलको जवाफ आयो

विवाहको खबर कपिलले विवाहकै लागि सार्वजनिक गरेका होइनन्, अर्कै रहेछ प्रयोजन