११ फागुन, काठमाडौं।

राजनीतिक दलका नेताहरुले सिद्धान् र मूल्य मान्यतामा आधारित नभई भागबन्डाका आधारमा अधिकांश निर्णय लिन थालेका घटनाले जनस्तरमा कस्तो किसिमको प्रभाव पारेको छ भन्ने दृष्टान्त सिन्धुलीको एक चमेनागृहमा पनि भेटिएको छ। जुन चमेनागृहको शौचालयमा कांग्रेस, माओवादी, मधेसी मोर्चा र साना दलका लागि बेग्लाबेग्लै युरेनल राखिएको छ। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।

बीपी राजमार्गमा पर्ने सिन्धुलीको झाँगाझोलीस्थित ‘ग्रिनलाइन भोजनालय’को शौचालयमा चारवटा युरेनल (पुरुषको लागि मात्र ) राखिएका छन्  र युरेनलसंगैको भित्तामा सम्बद्ध दलको नाम लेखिएको छ।

एमालेको नाममा त युरेनल देखिएन, तपाईंको भोजनालयमा एमाले समर्थकहरु नआउने हुन् कि भनी जिज्ञाशा राख्दा उक्त चमेनागृहका सञ्चालकले नाम नछापिदिने सर्त राख्दै भने, ‘एमालेको लागि तल अर्को ट्वाइलेट छ हजुर, तर यो सब मैले गरेकोचाहीँ होइन ।’

ट्वाइटेल बनाउने व्यक्ति पहिले कांग्रेसका मतदाता थिए, पछि माओवादीको पछाडी लागे, तर अहिले उनी नेताहरुको व्यवहार र दलको कामबाट निराश र आक्रोशित भएका छन्। उनैले ट्वाइलटेमा पनि त्यसरी युरेनलपिच्छे दलको नाम लेखिदिएका हुन् ।’