एजेन्सी । आम रुपमा भन्ने हो भने पति र पत्नीका बीचमा कुनै तेस्रो व्यक्तिको प्रवेश भयो भने त्यहाँ अवश्यक मनमुटाव वा झगडा हुन्छ । तर भारतको छत्तिसगढस्थित जशपुरमा भने एक पत्नीले आफ्नै श्रीमानको विहे उनकी प्रेमिकासँग गराइदिएकी छिन् ।

यति मात्रै होइन जसले पतिको बिहे गराइन् ति महिलाले पनि पतिसँग सातफेरा लगाएकी छिन् । अनिल पैंकरा नाम गरेका ति युवा सीआरपीएफका जवान हुन् । उनी वनारसमा कार्यरत छन् । चार वर्ष अघि उनको विवाह छिमेकी गाउँकी युवतीसँग भएको थियो । त्यसपछि गाउँकै एक महिलासँग उनको प्रेम सम्बन्ध अघि बढ्यो । त्यसपछि एक कान दुई कान मैदान हुँदै उनीहरुको प्रेम सम्बन्ध गाउँभरी फैलियो । जब अनिल छुट्टिमा गाउँ आउँथे उनी पत्नीसँग कम र प्रमिकासँग बढी समय व्यतित गर्थे ।

यो थाहा पाएर उनकी पत्नीले अनिलसँग भनिन्, यो सम्बन्ध ठिक होइन । तर अनिलले मानेनन् । त्यसपछि समाजको बैठक बस्यो र उनको फेरि विवाह गर्ने निर्णय भयो । त्यसपछि सबै आफन्तलाई खबर भयो । मंडप सजाइयो र पुरै गाउँलेका सामुन्ने अनिलको दोस्रो पटक विवाह गरियो । मण्डपमा एक बेहुला र दुई बेहुली देखिएका थिए ।