फिल्मी उद्योगमा यस्ता धेरै उदाहण छन् जो विवाहित हुँदा हुँदै दोस्रो, तेस्रो सम्बन्ध बनाउँने अभिनेता–अभिनेत्रीहरु । यस्तै केही चर्चित अभिनेताका बारेमा जान्नुहोस्, जसको आफ्नी सुन्दर श्रीमती हुँदाहुँदै पनि अर्को अभिनेत्रीसँग अफेयर चलेको सुनियो ।

askay_twinkle

अक्षय कुमार र ट्वीकल खन्ना – अक्षय कुमार र रविना टंडनको सम्बन्ध एक समय निकै घनिष्ट थियो । दुई जनाले गोप्य रुपले विवाह गरे भन्ने पनि सुनियो । जब अक्षयको जीवनमा ट्विंकल(पत्नी) आइन्, सब कुरा बद्लियो । तर, अक्षय न परे आफ्नो आदत के हटाउथे, उनको नाम नायिका प्रियंका चोपडासँग जोडिन पुग्यो । तर, ट्विंकलले समझदारीका साथ अक्षयलाई सम्हालिन् र प्रियंकासँग काम गर्न दिइनन् । यसबाहेक अक्षयले रेखा र शिल्पासँग पनि खुब फ्लर्टिङ गरे ।

srk_kajol

शाहरुख खान र गौरी खान – बाल्यकालको प्रेम (गौरी)लाई पाउन शाहरुखले कति संघर्ष गर्नुप्यो भन्ने कुरा सबैलाई थाहा छ । तर पनि शाहरुखले गौरीलाई विवाह गरेपछि दोस्रो स्त्रीसँग सम्बन्ध बनेको खुल्नमा आयो । ‘दिलवाले दुल्हनिया ले जाएंगे’मा काम गरेपछि काजोलसँग उनको नाम जोडियो । तर, काजोलले अजय देवगणसँग विहे गरेपछि सबै ठिक भयो । त्यसपछि उनको नाम प्रियंका चोपडासँग पनि जोडिन पुग्यो ।

hritik_sujen

ऋतिक रोशन र सुजैन रोशन – विवाहअघि करिना कपुरसँग नाम जोडिएका ऋतिक रोशन त्यसपछि जरिन खानसँग पनि जोडियो, जसले गर्दा सुजैनले निकै पिडा खप्न पर्यो । त्यस्तै, जब फिल्म ‘काइट्स’को हिरोइन बारबरा मुरीसँग सम्बन्ध रहेको थाहा पाएपछि सूजैनले ऋतिकलाई छोडेर आफ्नो माइत घर पुगेकी थिइन् । पछि ऋतिकका बुबा राकेश रोशनले कुरा मिलाए र सूजैनलाई घर ल्याए । यद्यपी, ऋतिक र सूजैनको १३ बर्षे वैवाहिक सम्बन्ध टुंगिएको छ ।

ajay_kajol

अजय देवगण र काजोल – सफल वैवाहिक सम्बन्धमा अजय देवगण र काजोलको जोडी पनि पर्छ, तर अजय पनि एक्ट्रा अफेयरको विवादबाट टाढा भने रहन सकेनन् । उनको नाम करिश्मा कपुरसँग रहेको खुलेको थियो, त्यसपछि कंगना रनोटसँग पनि सम्बन्धमा रहेको बताइएको थियो ।

amitabh_jaya

अमिताभ बच्चन र जया बच्चन – बलिउड मेगास्टर अमिताभ बच्चन, रेखा र जया भाढुडीको लभ ट्रयांग फिल्म ‘सिलसिला’ जस्तै हिट रह्यो । अमिताभ र रेखाको सम्बन्धलाई माफ गर्दै जयाले अमिताभसँग विवाह गरिन् ।

dharmendra_hema

धर्मेन्द्र र प्रकाश कौर – पहिले नै प्रकाश कौरसंग विवाह गरेका दुई सन्तानका पिता धर्मेन्द्र फिल्म ‘शोले’को सुटिङअवधिमा हेमा मालिनीसँग घनिष्ट प्रेममा परे । आफ्नो ठूलो छोरा सनी देओलको खुल्ला विरोधका बाबजुद पनि उनले हेमासँग विवाह गरे ।