सिराहा, १३ बैशाख । घरायसी विवादमा सिराहामा आफ्नै श्रीमानले जिउँदै जलाएकी महिलाको उपचारका क्रममा निधन भएको छ । सिराहा जिल्लाको सिरहा नगरपालिका वडा नं. ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनको आफ्नै श्रीमान बेन मण्डललेजिउँदै जलाउने प्रयास गरेकोमा उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

बिहीबार विहान करिब ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउँमा आगो लगाएर जलाइएको थियो । आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले कञ्चनको अवस्था गम्भीर रहेकोमा उनको काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो ।

कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको थियो । घटनापश्चात कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।