२८ असार, काठमाडौं ।

संविधान संंसोधनमा एमालेले साथ नदिने भएपछि संकटमा परेको राष्ट्रिय जनता पार्टी आन्तरिक छलफलमा जुट्दैछ । राजपा अध्यक्ष मण्डलका सदस्यहरुको बैठक तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजारमा बस्न लागेको हो ।

संविधान संसोधनमा एमलाले साथ नदिने र एमाले विना सरकारले दुई तिहाई पुरयाउन पनि नसक्ने भएपछि राजपा अप्ठ्यारोमा परेको छ । आफ्ना माग पूरा गराउनका लागि राजपाले एमालेसँग आफै छलफल गर्ने तयारी गरेको छ ।

आन्तरिक छलफलपछि एमालेसहित राप्रपा लगायत अन्य दलहरुसँग पनि छलफल गर्ने अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संविधान संसोधनमा अन्य दलहरुलाई मनाउन सकिने उपाय लगायत विषयमा छलफल हुने नेता झाको भनाई छ ।

हिजो सरकारले एमालेसँग गरेको छलफलमा अहिलेकै अवथामा संसोधनमा साथ दिन नसक्ने जवाफ दिएको थियो । त्यही कुरा सरकारले राजपालाई भनेपछि राजपा आफै पनि अप्ठ्यारोमा परेको छ ।