६ माघ, काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डले साना दललाई मात्र समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्ने भएपछि सत्ता गठबन्धनमा संकट सृजना हुने देखिएको छ । संविधान संशोधन विधेयक पारित गराउन दुई तिहाई बहुमत पुर्याउने गृहकार्यमा रहेका प्रचण्डले साना दललाई समावेश गर्न मन्त्रीमण्डल विस्तार गर्ने निर्णयसँग सत्तारुढ दल राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने साथ छोडने संकेत गरेका छन् ।

सरकारमा जाने होइन मन्त्री फिर्ता बोलाउन सक्छौं: राप्रपा

प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान सहित महत्वपूर्व मन्त्रालय दिएर सरकारमा ल्याउने आश्वासन दिएपछि बचन पुरा नभएको भन्दै थापा र गच्छदार रुष्ट भएका छन् । संसदमा राप्रपाको ३७ र फोरम लोकतान्त्रिकको १४ सिट गरी ५१ जना सांसद छन् ।

kamal-thapa-and-bijaya-gachyadhar

सरकारले संविधान संशोधन विधेयक पारित गराउनको लागि दुई दलको नै निर्णायक देखिन्छन । हाल सरकारमा रहेको राप्रपा र फोरम लोकतान्त्रिक सहित ३९३ जना सांसद छन् । प्रमुख प्रतिपक्ष एमाले सहितका दलहरुसँग २०१ जना सांसद छन् । अहिलेकै अवस्थामा सरकारलाई विधेयक पारित गर्न पाँच मत पुग्दैन ।

किन चुनाव चाहदैनन् ओली र उपेन्द्र यादव ?

राप्रपा र गच्छदारले साथ छोडने वित्तिकै संविधान संशोधन विधेयक पारित हुदैन । विधेयक पारित नभएसँगै मधेसी मोर्चाले पनि प्रचण्डको साथ छोडने देखिन्छ । थापा र गच्छदारले सरकारको साथ छोडेपनि मधेसी मोर्चाले साथ रहुन्जेल सरकार सुविधाजनक बहुमतमै रहने देखिएको छ ।

तीन दलकै कारण अब राजतन्त्र फर्किन्छः गिरी

कांग्रेस माओवादी र मधेसी मोर्चाका गरी ३ सय २७ भन्दा बढी सांसद रहेका छन् । राप्रपा र फोरम लोकतान्त्रिक दुवैले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक यथास्थितिमा पास नहुने भएकाले परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् ।

युद्ध भए ४८ घण्टामा चिनियाँ सेना नयाँ दिल्लीमा