१० पुस, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले संविधानले सबैको अधिकार सुनिश्चित गरेको भन्दै कसैले पनि आफूलाई पाखा लगाइएको सोच्नु नपर्ने बताएका छन् ।

बाह्रौं राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानले सबै वर्ग, क्षेत्र, जातजाति, भाषाभाषी र संस्कृतिलाई समानता दिएकाले कसैले पनि चित्त दुखाउनु नपर्ने बताएका हुन् ।

PM Oli at Jyapu Dibas

विभिन्न जातजातिका कला र संस्कृतिले नेपालको पहिचान स्थापित गराएको भन्दै उनले तिनको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पनि पारे ।

ओली सरकार बोझ भयो, ढाल्नु पर्छ- गोपाल किराती

कार्यक्रमका अन्य वक्ताले पछिल्लो पुस्ताले मौलिक संस्कृति विर्सदै गएको भन्दै जर्गेनामा राज्य र समुदायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कमल थापाले बेइजिङमा भने- चिनियाँ पर्यटकलाई भिसा नचाहिने बनाउछौं

ज्यापू समुदायबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मानसमेत गरिएको कार्यक्रममा ज्यापु संस्कृतिका झाँकी प्रस्तुत गरिएको थियो ।

नेपाल र चीनबीच ८ बुँदै महत्वपुर्ण सहमति