१० असार, पथरी (मोरङ) । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताएका छन्।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताए।

उनले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गरे। मन्त्री गच्छदारले नेपाल लोकतान्त्रिक फोरम नै राजपाका नेता, कार्यकर्ता र जनताका लागि सहज भएकोले दोस्रोचरणको चुनावमा उनीहरुले आफ्नै पार्टीलाई भोट दिने विश्वास व्यक्त गरे ।

उनले तेस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउनुपर्ने विचार व्यक्त गरे। उनले मतपत्र पुनः छाप्दा राज्यलाई आर्थिक क्षति व्यहोरिनुपर्ने हुन्छ तर मुलुकको समस्या समाधानका लागि आवश्यक भएको उनको भनाइ छ । रासस