२८ भदौ, सिन्धुपाल्चोक ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरि संविधान कार्यान्यन गर्न अब कसैले रोक्न नसक्ने बताएका छन्

नेपाली काँग्रेस सिन्धुपाल्चोक ३ नं क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सम्मान कार्याक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समाजमा भिजेका तथा जनताले उपयुक्त र रुचाएका व्यक्तिलाई उम्मेदवार बनाएमात्रै काँग्रेसको जित हुने हुनाले राम्रो उम्मेदवार सिफारिस गर्न उनले आग्रह गरे ।