१३ भदौ, भक्तपुर।

उद्योगमन्त्री महेश बस्नेतले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताएका छन् ।

युवा सङ्घ नेपाल भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संविधान आउन नदिने षड्यन्त्र भए पनि त्यो सफल नहुने उल्लेख गरे।

टीकापुर घटना पनि संविधान आउनै नदिन षड्यन्त्रकारीले गराएको दाबी गर्दै उनले अब षड्यन्त्रकारीहरु पाखा लाग्दै जाने बताए ।

कार्यक्रममा विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्ने ११० जनालाई उनले टीका र खादा लगाएर स्वागत गरेकाथियो ।

कार्यक्रममा युवा सङ्घकी केन्द्रीय अध्यक्ष निरु पालले संविधान ल्याउन नदिने षड्यन्त्रकारीको भण्डाफोर गर्न देशभरका युवा एक हुनुपर्नेमा जोड दिइन । रासस