१२ पुस, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव परिमार्जन नगरेसम्म नमान्ने दोहो-याएको छ ।

सहमति निर्माणको लागि प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा मोर्चाले संविधान संशोधन परिमार्जन गर्नुपर्ने शर्त अगाडि सारेको हो । संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै एक महिनादेखि एमालेले संसद चल्न दिएको बेला मोर्चाले पुनः सरकारलाई प्रस्ताव परिमार्जन गरेर ल्याउन माग गरेको छ ।

morcha-sanga-barta

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको तीन घण्टा लामो छलफलमा पनि मोर्चाले संसदमा छलफल गराउनु अघि नै परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ । तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारले ल्याएको प्रंस्ताव परिमार्जन गरेर नल्याएसम्म मोर्चाले स्वीकार नगर्ने बताए ।