५ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संविधान संसोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

 बैठकले आज बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप समेत जारी गरेको छ ।