४ साउन, काठमाडौं ।

सरकारले संविधान संसोधन बाहेक राजपाले राखेका अन्य माग तीन दिन भित्र पुरा गर्ने प्रतवद्धता जनाएको छ । शहीद घोषणा, बन्दीको रिहाई, घाइतेका उपचार लगायतका माग तीन दिन भित्र पुरा गर्ने प्रतिवद्धता सरकारले जनाएको हो ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले असन्तुष्ट राजपाका नेताहरुँग बालुवाटारमा गरेको छलफलमा सरकारले अन्य माग पुरा गरेपछि फेरी छलफल गरेर संविधान संसोधनको विषयलाई अघि बढाउने बताएको कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

संविधान संसोधन बाहेकका माग तीन दिनमा पूरा भएमा त्यसपछि बसेर संविधान संसोधनको विषयलाई अघि बढाउन राजपा पनि सहमत भएको कोइरालाको भनाई छ । रजापाका नेताहरुले पनि आजको छलफल सकारात्मक भएको प्रतिकृया दिएका छन् ।