वाच १४ मंसिर, काठमाडौं ।

आफ्नै नेता रामचन्द्र पौडेलको रातो झण्डा र आफूपक्षीय नेताको समेत साथ नपाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संसोधनमा अर्को कार्ड मधेस केन्द्रित नेतासमक्ष फ्याकेका छन् ।

छोराको समाचारले विप्लवलाई तनाव, चेतावनी दिँदै लेखे स्ट्याटस

पौडेलले एमालेलाई समेत सहमत गराएर संसोधन गर्न सचेत गराउँदै जापान उडेपछि र पार्टीमा पदाधिकारीसहित बरिष्ठ केन्द्रीय सदस्यले पास नहुने प्रस्तावमा हतार नगर्न भनेपछि देउवाले मधेसी दलसमक्ष नयाँ कार्ड फ्याकेका हुन् ।

sher bahadur deuwa car walking

आफ्नैबाट घेरिनु परेपछि देउवाले मधेस केन्द्रित दलले संसोधन मान्ने विषय र चुनावमा जाने विषयमा लिखित प्रतिवद्धता जनाए मात्र संविधान संसोधन प्रस्ताव दर्ता गराउने जनाएका हुन् ।

बाबु दोषी कि आमा ? कन्चन शर्माका छोराले लेखे रुहाउने स्ट्याटस

‘संसोधनका एमाले सिंगैको विरोध छ कांग्रेसमा पनि मधेसी दलहरुले नै मान्दैनन् भने किन संसोधन हाल्ने भन्ने कुरा आएको छ’ देउवा निकट स्रोत भन्छ, ‘त्यसैले संसोधन र चुनावमा जाने प्रतिवद्धता नआइकन अब संविधान संसोधन प्रस्ताव दर्ता हुँदैन ।’ कांग्रेसको पदाधिकारीसहित शीर्ष तहका नेताको बैठकमा अधिकांशले एमाले र मधेसी दललाई देखाउँदै संसोधनमैं तयार नभएको भन्दै पास नहुने र समान धारणा बन्न नसकेको संसोधन गरेर जान नहुने बताएका थिए ।

किन पछि हटे देउवा ?
आफूसहित नेता विमलेन्द्र निधि, अर्का नेता रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की प्रस्तावको पक्षमा रहे पनि सिंगै रामचन्द्र पौडेल पक्ष, आफ्नै गुटका नेताहरु असन्तुष्ट रहँनु, एमालेले कुनै हालतमा संसोधन मान्दिन भन्नु र मधेसवादी दलले पनि स्पष्ट रुपमा संसोधन प्रक्रियालाई नस्वीकारेपछि देउवाले यसरी धारणा परिवर्तन गरेको कांग्रेस स्रोत बताउँछ । अब हतार गर्नेभन्दा पनि प्रमुख दलबीच सहमति र प्रतिवद्धता हुन्छ भने मात्र संसोधन अघि बढाउने सोचमा देउवा पुगेका हुन् । हचुवामा अघि बढ्दा संसोधन झन् कमजोर हुने भन्दै सुझाव आएपछि देउवाले आफू एक कदम पछाडि हट्ने संकेत दिएका हुन् ।

sher br Deuwa walking 343697

तर, संवाद जारी राख्ने
तत्काल संसोधन अघि नबढाइए पनि दलबीचको संवादलाई भने देउवाले निरन्तरता दिन चाहेका छन् । यसका लागि आफू पनि लाग्ने, नेता निधि र लेखकलाई खटाउने भएका छन् । तर, एमालेलाई विशेष रुपले मनाउनको लागि देउवाले डा. रामशरण महतलाई नयाँ दुत बनाएको बताइन्छ । साथै, उनले मधेस केन्द्रित दलसँग पनि वार्ता गर्नेछन् ।

जब पूर्वगर्लफ्रेन्डका छोरा सलमानलाई खोज्दै पुगे …

आफ्नै पार्टीमा पनि सांसद, केन्द्रीय सदस्यसहितका नेतासँग छलफल गर्ने तयारीमा सभापति देउवा छन् ।

कतिपयले देउवाको पछिल्लो रणनीति प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानलाई जिताउने र संविधानको स्वीकार्यता बढाउने कसम खाएका प्रचण्डलाई निराश पार्ने रहेको विश्लेषण गरेका छन् ।