१ साउन, काठमाडौं ।

संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीले संविधान संसोधन विना आगामी निर्वाचनमा गए त्यसले गम्भीर राजनीतिक संकट ल्याउन सक्ने चेतावनी दिएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सयुक्त विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।

विद्यमान राजनीतिक समस्याहरुको समाधानको लागि पहिलेदेखि नै अल्झिएर थाति रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षहरुसँग तत्काल वार्ता गरेर टुंगो लगाउन पहल गरिनु पर्ने उनीहरुको भनाई छ ।

संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको अवस्थमा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने भन्दै प्रदेशको चुनाव पहिले नै गर्न पनि दुई दलले माग गरेका छन् ।