१४ भदौ, भक्तपुर ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएको बताएका छन् ।

बैदेशिक रोजगरीका विषयमा प्रचण्डको ३ बुँदे निर्देशन

भक्तपुरमा आयोजित साक्षत्कारमा बोल्दै नेता ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने बताए ।

संबिधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेशी जनताको माग नभई केही नेताहरुकै माग भएको स्पष्ट भएको उनको टिप्पणी छ । जायज मागहरुको सम्बोधनका लागि बिगतमै एमालेले संबिधान सशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको सबैका अघि प्रष्ट भएको भन्दै जायज माग बाहेक केही नेताहरुको स्वार्थ पुरा गर्न संबिधान संशोधनका लागि एमाले कदापी तयार नहुने पनि नेता ज्ञवालीले प्रष्ट पारे ।

Pradeep Gyawali

उनले जायज मागहरुको सम्बोधनका लागि बिगतमै एमालेले संबिधान सशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको सबैका अघि प्रष्ट भएको भन्दै जायज माग बाहेक केही नेताहरुको स्वार्थ पुरा गर्न संबिधान संशोधनका लागि एमाले कदापी तयार नहुने बताए ।

ऐश्वर्याले नमानेपछि अमिताभले गरे निर्देशकलाई फोन !

बिगतमा तीनवटै निर्वाचनको मिति तय भए पनि हाल सरकारमा रहेको गठबन्धन बिभिन्न बहानाबाजी गरि निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाउँदै ज्ञवालीले निर्वाचन गर्ने वाताबरण बनाउने भन्दा पनि बिगार्ने तर्फ लागेकाले निर्वाचन हुनेमा शंका ब्यक्त गरे । संबिधान कार्यान्यवनको पाटोलाई ओझेलमा पार्ने खेल भईरहेको उनको भनाई थियो ।

केपी शर्मा ओलीे नेतृत्वको सरकारले गरेका कामहरु उल्ट्याउने अहिलेको सरकारका कामले राजनीतिक दलहरुबीचको दुरी बढाएको र नयाँ प्रकारको राजनीतिक द्वन्द्वको अवस्था देखिएको ज्ञवालीले वताए ।

उनले एमाले जसरी पनि निर्वाचन हुनु पर्ने पक्षमा रहेको र संबिधान कार्यान्वन र यसको रक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले निर्वाचन गराउनु पर्ने भन्दै निर्वाचन नभए देशमा संबैधानिक संकट देखिने र यसले संबिधान कार्यान्वयनमा अप्ठेरो स्थिति श्रृजना गर्ने वताए ।

बिशेष परिस्थितिमा अन्य मूलुकमा दूतहरु पठाउने परम्परा रहे पनि वर्तमान सरकारको गठबन्धनसँगै नेपालका दुई छिमेकी देशमा गरिएको विशेष दूतको दुतहरुको दौडाहा गलत भएको ज्ञवालीको टिप्पणी थियो । उनले भने, ‘प्रचण्डले प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्रीलाई जसरी पत्रचार गरे त्यो कुटनीतिक मर्यादा भन्दा बाहिरको बिषय हो ।’

पत्रको विषयलाई लिएर बालुवाटारमा चर्काचर्की

केपी ओलीको सरकारले अन्य देश सँग राखेको सन्तुलित सम्बन्धलाई असन्तुलनमा ल्याएर नेपालीको शिर उचो पार्ने काम गरे पनि वर्तमान सरकारले फेरी असन्तुलित बनाएर नेपाल र नेपालीका लागि दीर्घकालीन असर पार्ने काम गरेको उनले वताए ।

नेपालमा प्रत्यक्ष रुपमा देखिएको बैदेशिक हस्तक्षेप सबैकासामु स्पष्ट भएकाले राजनीतिक दलहरुले बेलामै आफ्नो देशको रक्षाका लागि एक हुन नसके त्यसको प्रभाव भोलिको पिंढीले भोग्नु पर्ने ज्ञवालीको भनाई थियो ।

स्मरण रहोस प्रधानमन्त्री प्रचण्डले संविधान संसोधन गराएर मधेश समस्या समाधान गर्न चाहेका छन् ।