प्रयास पराजुली
२४ पुस, काठमाडौं।

चालिस दिनको रस्साकस्सीपछि अन्ततः सरकारले संविधान संशोधन विधेयक संसदमा टेबुल गराउन सफल भएको छ । सरकारले संसद खुले लगत्तै पूर्व तयारी अनुसार संविधान संशोधन विधेयक टेबुल गराउन सफल भएको हो । प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बाबजुद विधेयक टेबुल भएपछि राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।samad-meeting-171029617

प्रमुख प्रतिपक्ष दल एमाले सहित नौ दलको बैठकले पनि कुनै पनि हालतमा संविधान संशोधन विधेयक अगाडि बढाउन नदिने निर्णय गरेको थियो । तर प्रतिपक्ष दलले अवरोध गरेपनि सभामुख ओनसरी घर्तीले विधेयक टेबुल गराउने कार्यसूचि पेश गरेकी थिइन । कानुन मन्त्री अजयशकंर नायकले विधेयक टेबुल गराएपछि एमाले सहितका नौ दल हेरेको हेर्यै भएका छन् ।

यो पढ्नुस्: विधेयक पेश भए लगतै एमालेको प्रतिक्रिया

मोर्चा खुसी ओली आक्रोशित

morcha Kp oli

सरकारले संसदमा संविधान संशोधन विधेयक टेबुल गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा खुसी भएको छ भने प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली निकै आक्रोशित भएका छन् । एमालेले हिजो पार्टीका उपाध्यक्ष वामदेव गौतम निवास भैंसीपाटीमा बसेको स्थायी समिति बैठकमा कुनै पनि हालतमा संविधान संशोधन विधेयक टेबुल गर्न नदिने निर्णय लिएको थियो । सोही अनुसारको तयारी पनि गरेको थियो । सभामुख घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सहमति निर्माणको लागि बोलाएको बैठकमा पनि सहमति जुटन नसकेपछि संसद बैठकमा सभामुख घर्तीले प्रक्रिया अगाडि बढाएकी हुन् ।

यो पढ्नुस्: सर्वोच्च अदालतको फैसलाः लोकमानसिंह कार्की पदमुक्त

कमल थापा र गच्छदारले के गर्लान ?

सरकारले संविधान संसदमा टेबुल गरेको संविधान संशोधन विधेयक पास गराउनको लागि दुई तिहाई बहुमत चाहिन्छ । विधेयक पास गराउनको लागि राप्रपाको ३७ सिट र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४ सिटी गरी ५१ जना सांसद छन् । राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नै निर्णायक शक्ति मानिएका छन् ।
kamal-thapa-bijaya-sad

संसदमा हाल कुल ५९५ जना सांसद छन् । दुई तिहाईको लागि ३९६ सिट आवश्यक पर्छ । थापा र गच्छदारले साथ दिए सरकारसँग हाल ३९४ जना सांसद छन् । सरकारलाई विधेयक पास गर्न अब २ जना मात्र सांसद भए पुग्छ । जो विपक्षी गठबन्धनबाट सरकारले सहज रुपमा लिन सक्छ ।

यो पढ्नुस्: मुलुकलाई यसरी निकास किन नदिने ?

सरकारलाई २ सिटको खाँचो

सरकारले टेबुल गराएको विधेयक पास गर्नको लागि २ जना मात्र सांसद भए पुग्छ । त्यसको लागि बहुजन समाजवादी सांसद विश्वेन्द्र पासवान र परिवार दलका सांसद एकनाथ ढकाललाई सहज रुपमा लिन सक्छ ।

दुवै सांसद प्रचण्डले मन्त्री नबनाएको झोकमा विपक्षी गठबन्धनमा गएका थिए । एमालेले विपक्षी गठबन्धन बनाएपछि वार्गेनिङ गर्नको लागि पासवान र ढकाल एमालेतिर लागेका थिए ।

संसदको अंकगणित बुझेरै पासवान र थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी गठबन्धमा लागेका थिए । प्रधानमन्त्री निर्वाचनमा दुवै जनाले प्रचण्डलाई मतदान गरेका थिए ।

 यो पढ्नुस्:  वालुवाटारमा जब प्रचण्ड दिल खोलेर हाँसे...

सरकारले दुई सांसद ल्याउनको लागि पहल अगाडि बढाएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई विधेयक असफल बनाउन थापा र गच्छदारलाई आफु तिर तान्नु र २ सांसदलाई कायमै राख्नु चुनौती बनेको छ ।

सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड

संसदमा संविधान संशोधन विधेयक टेबुल गराएपछि सरकार अब पास गराउने गृहकार्यमा जुटेको छ । मधेसी मोर्चाको माग पूरा गर्नको लागि विधेयक पास गर्नुपर्ने हुन्छ । विधेयक पास गर्न कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री सहितको मालदार मन्त्रालय दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गर्ने तयारी गरेका छन् ।prachanda-smiling

सरकार विस्तारमा एकनाथ ढकाल र विश्वेन्द्र पासवानलाई पनि समेटने तयारी गरिएको छ । कमल थापालाई उपप्रधान सहित परराष्ट्रमन्त्री दिने तयारी गरिएको स्रोतको दावी छ । गच्छदारलाई उपप्रधान सहित स्थानीय विकास मन्त्री बनाउने तयारी गरिएको बताउदै स्रोतले भन्यो– ‘प्रधानमन्त्रीले सम्हालदै आएको चार मन्त्रालय ढकाल, पासवान प्रमेबहादुर सिंह लगायतले पाउने छन् ।’ हाल खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा समाज कल्याण, विज्ञान प्रविधि र पशुपन्छी मन्त्रालय खाली छ ।

यो पढ्नुस्: भिड्ने मुडमा प्रचण्ड र ओली